शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

बागमती प्रदेशका मन्त्री श्रेष्ठ गरे गढी प्रहरी चौकी भवनको उद्घाटन

बिहीबार, ०४ साउन २०८०, १८ : ४०
बिहीबार, ०४ साउन २०८०

सिन्धुली । सिन्धुलीमा गढी प्रहरी चौकीको उद्घाटन गरिएको छ । गोलन्जोर गाउँपालिका वडा नम्बर ५ खनियाखर्कस्थित नवनिर्मित प्रहरी चौकी भवनको बागमती प्रदेसका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले बिहीबार एक कार्यक्रमका बीच उद्घाटन गरेका हुन् ।

बागमती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको करसहित २ करोड ४९ लाख १३ हजार ३ सय ४३ रुपैयाँ लागतमा भूकम्प प्रतिरोधी सुविधा सम्पन्न प्रहरी चौकी भवन निर्माण सम्पन्न भएको हो । 

प्रहरी चौकी उद्घाटन गर्दै मन्त्री श्रेष्ठले बागमती प्रदेशको विभिन्न जिल्लाहरुमा ५ वटा प्रहरी भवन निर्माणअन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिकाको खाङसाङमा प्रहरी चौकी भवन निर्माण प्रक्रिया अघि बढेको बताए । 

प्रहरी भवन निर्माणको लागि बागमती प्रदेश सकारकारले झण्डै १ अर्ब ११ करोड बराबर लगानी गरिसकेको बताउँदै मन्त्री श्रेष्ठले आर्थिक वर्ष २०८०/८१ मा प्रदेश प्रहरी अस्पताल निर्माणको लागि प्रदेशको राजधानी हेटौँडामा ३ करोड बजेट विनियोजन भएको बताए । साथै क्रमागत रुपमा निर्माण भइरहेका २१ वटा प्रहरी चौकी भवन निर्माणको लागि आर्थिक वर्ष २०८०/८१ मा ३० करोडभन्दा बढी बजेट विनियोजन गरेको उनले जानकारी दिए ।  

बागमती प्रदेशका विभिन्न जिल्लाको प्रहरी भवनको निरीक्षण गर्दा प्रहरीहरू अहिले पनि जस्तापाताले बेरबार पारेको झुप्रोहरुमा बसिरहेको मन्त्री श्रेष्ठको भनाई छ ।  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप