काभ्रेपलाञ्चोकमा डेङ्गु सङ्क्रमणविरुद्ध अभियान
काभ्रे । डेङ्गुको उच्च जोखिमका रूपमा रहेको काभ्रेपलाञ्चोकमा सङ्क्रमण रोक्न पूर्वतयारी थालिएको छ । जिल्ला स्वास्थ्य कार्यालयले ‘समयमै जोखिमलाई न्यूनीकरण गरौँ’ अभियान चलाएको छ ।
काभ्रेपलाञ्चोक डेङ्गुको उच्च जोखिममा रहेकाले नियन्त्रणका लागि पूर्वतयारीका साथ कार्ययोजना तयार पारिएको कार्यालयका प्रमुख डा पुरुषोत्तम सेढाईँले बताए । लामखुट्टेले बसोबास गर्न सक्ने ठाउँ, सवारीसाधन मर्मत गर्ने ठाउँ, पानी जम्ने ठाउँ, उद्योग, कलकारखानालगायत ठाउँमा नियमित सरसफाइ गर्ने तथा पानी जम्न नदिन अभियान सञ्चालन गरिएको छ ।
जिल्ला विपद् व्यवस्थापन समितिको कार्ययोजना, निर्देशन र सहकार्यमा अभियान सञ्चालन भइरहेको उल्लेख गर्दै प्रमुख डा सेढाईँले डेङ्गुको निरन्तर निगरानी (क्लिनिकल र प्रयोगशाला)को काम भइरहेको बताए । स्थानीय तह, प्रदेश र सङ्घीय सरकारसँग समन्वय गरी काम भइरहेको छ । जिल्ला द्रुत प्रतिकार्य टोली गठन गरिएको छ ।
लामखुट्टेको बासस्थानको ‘खोज र नष्ट गर’ राष्ट्रिय अभियान सञ्चालन गर्ने, स्वास्थ्य कार्यालयले प्राविधिक र उपलब्ध आपूर्ति व्यवस्था मिलाउने, स्थानीय तहका स्वास्थ्य शाखा, विद्यालय र स्थानीय स्वास्थ्य संस्थालाई डेङ्गुविरुद्धको प्रतिकार्य सञ्चालन गर्न आग्रह गरिएको छ । यस्तै इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले निर्माण गरेका चेतनामूलक सामग्रीलाई सबै स्थानीय तहमा विभिन्न माध्यमबाट उपलब्ध गराइएको उनले बताए। काभ्रेपलाञ्चोकमा गत चैतमा डेङ्गुको सङ्क्रमण देखिएको थियो । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा हालसम्म छ सय ८० जनामा डेङ्गु देखिएको छ । सबैभन्दा बढी बनेपा नगरपालिकामा चार सय ८७ डेङ्गु सङ्क्रमित रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण