प्रहरीका १ सय २१ जना लेखापालको सरुवा
काठमाडौँ । प्रहरी प्रधान कार्यालयले १ सय २१ जना लेखापालहरूको सरुवा गरेको छ । एउटा पोस्टिङमा दुई वर्ष पुरा भएका र रिक्त स्थानमा नयाँ लेखापालहरूलाई खटाइएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँमा प्रहरी नायव निरीक्षक हरि बस्नेतलाई लेखापालको जिम्मेवारी दिइएको छ । इन्स्पेक्टर कर्ण बहादुर बोहरालाई कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतमा र वरिष्ठ प्रनानि अजय कुमार खनाललाई प्रहरी प्रधान कार्यालयको विशेष आर्थिक कल्याणकारी योजना शाखामा सरुवा गरिएको छ ।
प्रहरी सहायक निरीक्षक अनिता दुलाललाई इलाका प्रहरी कार्यालय कात्तिके देउराली काभ्रेमा सरुवा गरिएको छ । प्रनानि सिताराम दराईलाई कोशी प्रदेश प्रहरी तालिम केन्द्र मोरङ, प्रनानि राधिका बस्नेतलाई काठमाडौँ उपत्यका प्रहरी शिक्षालय महाराजगन्ज, नारायण जोशीलाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तु र प्रनानि दीपक घिमिरेलाई वडा प्रहरी कार्यालय बुटवलमा सरुवा गरिएको छ ।
प्रहरी वरिष्ठ नायव निरीक्षक विपिन श्रेष्ठलाई नेपाल प्रहरी अस्पताल महाराजगन्ज, प्रहरी वृत्त नयाँ बानेश्वरमा पुष्पा थापा र लागु औषध नियन्त्रण ब्युरो कोटेश्वरमा वरिष्ठ सई चित्रकला थापा मगरलाई सरुवा गरिएको कर्मचारी प्रशासन शाखाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण