टिआरसी विधेयकमाथि सहमति जुटाउन २ साता म्याद थप्ने निर्णय
काठमाडौँ । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकमा सहमति जुटाउन २ साता समय थप गर्ने निर्णय भएको छ । सहमति जुटाउनका लागि यसअघि गठित उपसमितिलाई काम गर्न थप समय दिने निर्णय भएको हो ।
शुक्रबार सिंहदरबारस्थित कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा सांसदहरू सुवास नेम्वाङ्ग, सोविता गौतम, रामहरि खतिवडालगायतले सबै पक्षको सहमतिमा विधेयक अघि बढाउनुपर्नेमा जोड दिएका थिए ।
सांसद नेम्वाङ्गले १० दिनमा सक्ने गरी गृहकार्य गरिरहेका बेला १५ दिनको समय दिनु उपयुक्त हुने बताए । समितिका ज्येष्ठ सदस्य एवं सभापति रहेका मङ्गलप्रसाद गुप्ताले २ साताका लागि समय गर्ने निर्णय भएको बताए ।
आजको बैठकमा उपसमितिले सहमति जुटाउन गरेको प्रयास, बसेका बैठकहरूका बारेमा समितिमा जानकारी गराइएको थियो ।
गत जेठ ५ गते २१ दिनभित्र सहमति जुटाउनका लागि उपसमिति गठन गरिएको थियो । उपसमितिमा सुवास नेम्वाङ, सन्तोष परियार, महेश बर्तौला, रमेश लेखक, जीवन परियार, सुशीला थिङ, गोमा लाभ, पूर्णबहादुर घर्ती, रञ्जुकुमारी झा, ध्रुवबहादुर प्रधान र शेरबहादुर कुँवर रहेका छन् । उपसमितिलाई दुई साताभित्र काम सक्न समय दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता सुरु, ४ हजार खेलाडी सहभागी हुँदै
-
विद्युत् नियमन आयोगको अध्यक्ष पदका अन्तर्वार्ताको तालिका सार्वजनिक
-
अदालतको आदेशपछि दिपक र सुलभलाई डिल्लीबजार कारागार लगिँदै, तस्बिरहरू
-
'होर्मुज पुनः खुलेपछि २०२७ मा तेलको आपूर्ति छेलोखेलो हुन्छ'
-
दिपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
इतिहासमै पहिलो पटक सांस्कृतिक संस्थानको राष्ट्रिय दोहोरी गीत प्रतियोगिता सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण