मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

कांग्रेस बैठकमा सरकारको ‘पर्फर्मेन्स’माथि प्रश्न

शुक्रबार, ०५ साउन २०८०, १२ : १३
शुक्रबार, ०५ साउन २०८०

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा आफै संलग्न सरकारको ‘ पर्फर्मेन्स ’माथि प्रश्न उठेको छ । शुक्रबारको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्य जीतजंग बस्नेतले सरकारको ‘पर्फर्मेन्स’ जिरो भएको भन्दै सरकारमा रहने कि नरहने भनेर प्रश्न उठाएका हुन् । 

‘अहिले देशको स्थिति नाजुक छ । अर्थतन्त्र खस्केको छ । हामीसँग पैसा र रोजगार छैन । व्यवसाय खस्केको छ । अव हामीले सरकारलाई ध्यानाकर्षण गर्ने कि नगर्ने ?’, बैठकमा आफ्नो धारणा राख्दै बस्नेतले भने, ‘रोजगारमुलक कार्यक्रम गर्न सरकारलाई ध्यानाकर्षण गराउने कि नगराउने ? युवाहरू पलायन भएका छन्, युवा पलायन रोक्न नेपाल सरकारले केके कार्यक्रम ल्याउँछ ? उद्योग कलकारखाना बन्द हुने अवस्था छ । लम्की रोगले किसानलाई सताएको छ । त्यसको रोकथाम गर्ने कि नगर्ने ? कालोबजारी रोक्ने कि नरोक्ने ?’

उनले वर्तमान सरकारबारे सोच्नुपर्ने अवस्था आएको पनि बताए । ‘सरकारको जिरो पर्फर्मेन्स छ, पर्फर्मेन्स नै दिन सकेको छैन । हामीले सोच्नुपर्ने बेला भएको छ यो सरकारमा हामी सहभागी भएर जाने कि नजाने ?’, बस्नेतले गृहमन्त्रीको नाम समेत सुन तस्करी प्रकरणमा जोडिएर समाचारहरु आइरहेकोमा कांग्रेसले त्यसलाई कसरी हेर्ने भनेर प्रश्न गरे ।  

उनले आफ्नै पार्टी सभापतिलाई खुइल्याउने प्रवृतिमात्र पार्टीमा देखिएको बताए ।  उनले नारायणमान बिजुक्छेको उदाहरण दिँदै नेपालमा धेरै नेता र मन्त्री भएपनि ‘राजनेता’ कोही पनि हुन नसकेको बताए । ‘राजनेता बन्न त्याग तपस्या चाहिन्छ । रोगभोक शोकसँग लड्ने क्षमता चाहिन्छ । समस्या देखाउने मात्रै होइन समाधान दिने नेता चाहियो’,बस्नेतको भनाइ छ ।

 उनले ललिता निवास प्रकरणमा एमालेका नेता विष्णु पौडेलको बारेमा समेत कांग्रेस बोल्न डराएको बताए । त्यस्तै उनले दुई वटा पासपोर्ट र नागरिकता लिनेको सवालमा पनि कांग्रेस किन नबोलेको भन्दै नेतृत्वलाई प्रश्न गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप