बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

सभापतिलाई गाली गरेर पार्टी रुपान्तरण हुन्छ भन्नु भ्रम हो : राजीव ढुंगाना

शुक्रबार, ०५ साउन २०८०, १३ : १६
शुक्रबार, ०५ साउन २०८०

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजीव ढुंगानाले सभापतिलाई गाली गरेर पार्टी रुपान्तरण नहुने बताएका छन् ।

केन्द्रीय समितिको जारी बैठकमा ढुंगानाले भने, ‘पार्टी सभापतिलाई जति बढी गाली गर्यो, त्यति बढी पार्टी रुपान्तरण हुने सोचका साथ एकथरी साथीहरु लाग्नुभएको छ । त्यो भ्रम बाहेक केही पनि होइन ।’

जनताले कांग्रेसमा रुपान्तरण कार्यक्रम र मुद्दामा खोजेको उनले बताए । पार्टी बैठकबाट जनताका लागि कांग्रेसले के निर्णय गर्यो, नागरिकले हेरिरहेको नेविसंघका पूर्व अध्यक्ष समेत रहेका ढुंगानाले बताए ।

 ‘कार्यकर्तामा आएको संशय यो केन्द्रीय समिति बैठकले चिर्नुपर्दैन र ? नयाँ पार्टी नयाँ नाराका साथ उदाएका हुन् त ?  के हाम्रो अकर्मण्यताका कारण हो ? कि हाम्रो प्रवृत्ति पनि जिम्मेवार छ । गम्भिर रुपमा खोतल्नुपर्ने बेला आएको छ,’ ढुंगानाले भने ।
देउवाका साथै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई खुइल्याउने प्रवृत्ति रहेको उनले बताए।

‘अहिले हामी खुइल्याउने प्रतिस्पर्धामा छौं, सभापतिलाई खुइल्याउन पाए सबैभन्दा ठूलो कांग्रेस हुन पाइन्छ भनेझैं गरी खुइल्याउँछौं,’ उनले भने, ‘पदाधिकारी र महामन्त्रीलाई खुइल्याउन व्यस्त छौं। ए महामन्त्रीहरू तिमीहरू अर्काको आलोचना गरेर स्थापित हुने भनेर खुइल्याउन लागेका छौं।’

उनले पार्टीका सबै नेतालाई खुइल्याएर २०८४ को चुनावमा मुख्यसचिव र सचिवको नेतृत्वमा चुनाव लड्न जाने हो भन्ने प्रश्न पनि गरेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप