आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

दराजले ल्यायो ७०% सम्म छुटको मेगा डिल अफर

शुक्रबार, ०५ साउन २०८०, १५ : ०६
शुक्रबार, ०५ साउन २०८०

काठमाडौँ । दराज नेपालले २०२३ को लागि आफ्नो वार्षिक अभियान ‘महाबचत बजार’ को औपचारिक घोषणा गरेको छ । यस अभियानमा दराजले ७०% सम्म छुटको मेगा डिल अफर ल्याएको छ | 

दराजले अनलाइन सपिङमा अफरहरुको साथ झन्झटरहित  सपिङ्ग, सामान डेलिभरी र अन्य  थुप्रै सेवाहरु प्रदान गर्दछ | उक्त उद्देश्यलाई प्राथमिकता राख्दै दराजले ई-सेवा, IME Pay र अन्य बैंकहरु मार्फत प्रि-पेमेन्ट्को पनि व्यवस्था गरेको छ जसमा ग्राहकहरुले १०% छुट अधिकतम रु. १००० र १५% छुट अधिकतम रु. १५०० प्राप्त गर्न सक्ने जनाइएको छ ।   

त्यसैगरी, यस अभियानको Giveaway Prize मा Panasonic 270 L Inverter Frost-Free Double-Door Refrigerator, Panasonic 55 Inch 4K HDR Smart Android LED TV, र Panasonic 8kg Front Load Washing Machine समावेश गरेकाे छ । मेगा गिवअवे पुरस्कार जित्नको लागि न्यूनतम रु. ३५०० को प्रि-पेमेन्ट गर्नुपर्ने दराजले बताएको छ ।   

महाबचत बजारको बारेमा बोल्दै दराजकी मार्केटिङ हेड विधा प्रधानले भनिन्,‘‘यस महाबचत अभियानमा ग्राहकहरुले दराजबाट सामान खरिद गर्दा आकर्षक डिस्काउन्टको फाइदा लिइ बचत गर्न सकिने, त्यसैले दराज एपमा गई सपिङको मज्जा लिन  ग्राहकवर्गमा अनुरोध छ  |”

बैंक पार्ट्नर

दराजले महाबचत बजार अभियानमा अधिकतम छुट उपलब्ध गराउन विभिन्न बैंकहरूसँग साझेदारी गरेको छ | उक्त बैंकहरुमा सानिमा बैंक लिमिटेड, एनआईसी एशिया बैंक लिमिटेड, एनएमबि बैंक लिमिटेड, कृषि विकास बैंक लिमिटेड, नेपाल बैंक लिमिटेड, नेपाल एसबिआई बैंक लिमिटेड र कामना सेवा विकास बैंक लिमिटेड रहेका छन् ।

ब्रान्ड पार्ट्नर

दराजले उचित अफर र डिस्काउन्ट दिन आकर्षक ब्रान्ड अफरहरु ल्याएको छ । त्यस्तै, दराजले महाबचत बजार अभियानलाई निरन्तरता दिन विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरूसँग साझेदारी गरेको जनाएको छ । जसमा यस अवधिभर उनीहरुले अधिकतम छुट पाउन सक्नेछन्। 

ग्राहकहरुले अब Cetaphil मा फ्ल्याट १५% छुट, Mamaearth मा १५% सम्म छुट, Hyundai मा ३७% सम्म छुट, Konka मा ३०% सम्म छुट, OnePlus बाट फ्री डेलिभरी र Exclusive भाउचरहरू, Muscleblaze मा 40% सम्म छुट, र Goldstar Footwear मा ४०% छुट प्राप्त गर्न सक्ने जनाइएको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप