रत्न तथा आभूषण व्यवसायको प्रवर्द्धनका लागि सरकार सकारात्मक छ : मन्त्री रिजाल
काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले रत्न तथा आभूषण व्यवसायको प्रवर्द्धनका लागि सरकार सदैव सकारात्मक रहेको बताएका छन् ।
शुक्रबार नेपाल रत्न तथा आभूषण संघको १८ औँ वार्षिक साधारण सभाको उद्घाटन गर्दै मन्त्री रिजालले रत्न तथा आभूषण व्यवसायलाई प्रवर्द्धन गर्नको लागि सरकारले सदैव सकारात्मक भूमिका खेल्ने विश्वास दिलाएका हुन्।
नेपाली समाजमा रत्न तथा पत्थर जडित सुनचाँदीका कलात्मक गरगहना बनाउने परम्परा रही आएको उल्लेख गर्दै मन्त्री रिजालले नेपालको विविध सांस्कृतिक पर्व, जातीय भेषभूषा र मठमन्दिरमा यस्ता आभुषणको प्रयोग हुँदै आइरहेको बताए । यस्ता कलात्मक आभुषणको खरिद विक्रि विश्व बजारमा समेत हुने गरेको उल्लेख गर्नु हुँदै मन्त्री रिजालले नेपालको कला, संस्कृति र परम्परालाई विश्व सामु चिनाउनुका साथै विदेशी मुद्रा आर्जनमा समेत महत्त्वपूर्ण योगदान पुर्याएको बताए ।
मुलुकमा रोजगारी सिर्जना, आयात प्रतिस्थापन, निकासी अभिवृद्धि गरी राजश्वमा योगदान पुर्याउँदै आइरहेकोमा व्यवसायी तथा नेपाल रत्न तथा आभूषण संघ प्रति मन्त्री रिजालले धन्यवाद व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण