बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

नबिल बैंक राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्डबाट सम्मानित

शुक्रबार, ०५ साउन २०८०, २१ : ३३
शुक्रबार, ०५ साउन २०८०

काठमाडौँ । नबिल बैंक लिमिटेड नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाबाट वार्षिक रुपमा प्रदान गरिने राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड २०२२(National Best Presented Annual Report Award (NBPA), 2022)  बाट सम्मानित भएको छ । 

नबिलले बैंकिङ क्षेत्र तर्फको सिल्भर अवार्ड प्राप्त गरेको हो । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले आर्थिक वर्ष २०२१/२२ को वार्षिक प्रतिवेदनका आधारमा संस्थाको वित्तीय पारदर्शिता, जवाफदेहिता र सुशासनका लागि उक्त अवार्ड प्रदान गरेको हो ।

काठमाडौंमा आज आयोजित एक कार्यक्रममा प्रमुख अतिथि अर्थमन्त्री डा. प्रकाश शरण महतले नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डेलाई अवार्ड हस्तान्तरण गरेका थिए । बैंकको उक्त पुरस्कृत वार्षिक प्रतिवेदनले नेपालको तर्फबाट South Asian Federation of Accountants (SAFA) द्वारा दक्षिण एसियाली स्तरमा आयोजना हुने SAFA BPA Award का लागि प्रतिस्पर्धा गर्न समेत मनोनीत हुनेछ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप