शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

चेम्बरले युवा उद्यमीलाई दियो अन्तर्राष्ट्रिय व्यापार र भन्सार प्रक्रियाबारे प्रशिक्षण

शनिबार, ०६ साउन २०८०, १० : ३०
शनिबार, ०६ साउन २०८०

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले अन्तर्राष्ट्रिय व्यापार पहुँच एवं भन्सार प्रक्रियाबारे युवा उद्यमीहरूलाई प्रशिक्षण दिएको छ । विश्व बजारमा भन्सारको प्रक्रिया, निर्यात जन्य बस्तुहरूको हार्मोनिक कोड लगायतका प्राविधिक विषयमा चेम्बरले करिब ५०  जना युवा उद्यमीलाई प्रशिक्षण दिएको हो ।

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको प्राविधिक सहयोगमा चेम्बरले ४ दिने प्रशिक्षण कार्यक्रम आयोजना गरेको हो । कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्दै चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले युवा उद्यमीहरूलाई निर्यात प्रवर्द्धनमा सहयोग पुर्‍याउनका लागि प्रशिक्षण आयोजना गरिएको जानकारी दिए ।

मुलुकभित्र रहेका प्राकृतिक श्रोतको उच्चतम प्रयोग गरेर निर्यात प्रवर्द्धन मार्फत व्यापार घाटा कम गर्नुपर्नेमा अध्यक्ष मल्लले जोड थियो । अध्यक्ष मल्लले भने, ‘आयात र निर्यातबीचको असन्तुलनका कारण व्यापार घाटा ९ गुणा सम्मले वृद्धि भएको छ । आन्तरिक उत्पादन वृद्धि गरेर निर्यात प्रवर्द्धनका लागि युवा उद्यमीलाई आकर्षित गराउन आवश्यक छ, ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप