इन्टर मियामीको डेब्यूमा मेस्सीको उत्कृष्ट विजयी गोल
मियामी । आफ्नो डेब्यू खेलको इन्जुरी समयमा फ्रिकिकमार्फत उत्कृष्ट गोल गर्दै लियोनेल मेस्सीले इन्टर मियामीलाई मेक्सिन टोली क्रुज एजुलविरुद्ध जित दिलाएका छन् । मेस्सीकै गोलको मद्दतले टोली २–१ गोलले विजयी भएको हो ।
३६ वर्षीय अर्जेन्टिनी खेलाडीले थपिएको चौथो मिनेटमा गोल गरेका थिए । मेस्सीको डेब्यू खेल हेर्न करिब २० हजार समर्थक मैदानमा पुगेका थिए । लिब्रोन जेम्स, सेरेना विलियम्सजस्ता खेलाडीहरूसमेत दर्शक दीर्घामा उपस्थित थिए ।
El primer gol de Messi con Inter Miami 🤯🤯👏👏
— Inter Miami CF (@InterMiamiCF) July 22, 2023
Messi scores in his first match with the club to give us the lead in the 94th minute. pic.twitter.com/pI7bYjEK63
‘हामी यसरी नै जीतबाट सुरुवात गर्न चाहन्थ्यौँ,’ खेलपछि मेस्सीले भने, ‘च्याम्पियनसिपमा जीतबाट सुरुवात गर्नु हाम्रो लागि महत्त्वपूर्ण थियो । भाग्यवश हामीले अन्त्यमा त्यो हासिल गर्न सफल भयौँ । म निकै खुसी छु ।’
मेस्सीको गोलपछि डीआरभी पीएनके स्टेडियममा गुलाबी रङका धुवाँ छरिएको थियो भने केही फ्यानहरू मैदानमा नै प्रवेश गर्ने प्रयास गरेका थिए ।
मेस्सीलाई गत आइतबार समर्थक सामु प्रस्तुत गरिएको थियो । सातपटकको बालोन डि’ओर विजेता खेलाडी २ वर्ष फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनमा रहेर यो सिजनबाट एमएलएस आइपुगेका हुन् । पेरिसमा रहँदा उनले ७५ खेलमा ३२ गोल गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
-
चोभार गेटमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किए (तस्बिरहरु)
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण