शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्ने

आइतबार, ०७ साउन २०८०, ०९ : २१
आइतबार, ०७ साउन २०८०

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०-८१ को मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ ।  आज  बिहान बस्ने सञ्चालक समिति बैठकले मौद्रिक नीति पारित गरेपछि आजै सार्वजनिक गर्ने तयारी राष्ट्र बैंकको छ । 

गभर्नर महाप्रसाद अधिकारीले बजेटले लिएको आर्थिक वृद्धिदर हासिल गर्ने, मूल्यवृद्धि नियन्त्रण गर्ने र बाह्य क्षेत्र व्यवस्थापन हुने गरी चालु आवको मौद्रिक नीति जारी गरिने बताउँदै आएका छन् । 

सरकारले गत जेठ १५ गते ६ प्रतिशत माथिको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्यसहित १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बराबरको अनुमानित बजेट ल्याएको छ । सोही बजेटले लिएको आर्थिक वृद्धिदरको लक्ष्य, रोजगारी सिर्जना गर्नेदेखि मुलुकको वित्तीय तथा मौद्रिक नीतिको सुधार गर्नेगरी मौद्रिक नीति ल्याउने राष्ट्र बैंकको तयारी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप