क्यानडामा ५० वर्ष यताकै भारी वर्षा, ४ जना बेपत्ता
आइतबार, ०७ साउन २०८०, ०९ : ४९
ओटोवा । क्यानडाको नोभा स्कोटिया क्षेत्रमा भएको भारी वर्षापछि दुई बालबालिकासहित चारजना बेपत्ता भएका छन् । अधिकारीहरूका अनुसार एटलान्टिक क्षेत्रमा ५० वर्ष यताकै भारी वर्षाका कारण आएको बाढीले हजारौँ घर विद्युत्विहीन बनेका छन् ।
केही क्षेत्रमा सामान्यतया तीन महिनाको अवधिमा पर्ने पानी मात्र २४ घण्टाको अन्तरमा परेको थियो । जोखिमपूर्ण अवस्थाको कारण सर्वसाधारणहरूलाई खोजी तथा उद्धार कार्यमा समावेश नहुन अपिल गरिएको छ ।
प्रहरीका अनुसार हराइरहेका दुई बालबालिका कारमा रहेका थिए । उक्त कार बाढीमा डुब्न पुगेको थियो । कारमा रहेका अन्य तीन जना भने पौडेर बाँच्न सफल भएका थिए ।
त्यस्तै, अन्य दुई जना सवार कार पनि बाढीको चपेटामा आएपछि हराइरहेका छन् । उक्त कारमा सवार अन्य दुई जनाको भने उद्धार गरिएको थियो । –बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण