क्यानडामा ५० वर्ष यताकै भारी वर्षा, ४ जना बेपत्ता
आइतबार, ०७ साउन २०८०, ०९ : ४९

ओटोवा । क्यानडाको नोभा स्कोटिया क्षेत्रमा भएको भारी वर्षापछि दुई बालबालिकासहित चारजना बेपत्ता भएका छन् । अधिकारीहरूका अनुसार एटलान्टिक क्षेत्रमा ५० वर्ष यताकै भारी वर्षाका कारण आएको बाढीले हजारौँ घर विद्युत्विहीन बनेका छन् ।
केही क्षेत्रमा सामान्यतया तीन महिनाको अवधिमा पर्ने पानी मात्र २४ घण्टाको अन्तरमा परेको थियो । जोखिमपूर्ण अवस्थाको कारण सर्वसाधारणहरूलाई खोजी तथा उद्धार कार्यमा समावेश नहुन अपिल गरिएको छ ।
प्रहरीका अनुसार हराइरहेका दुई बालबालिका कारमा रहेका थिए । उक्त कार बाढीमा डुब्न पुगेको थियो । कारमा रहेका अन्य तीन जना भने पौडेर बाँच्न सफल भएका थिए ।
त्यस्तै, अन्य दुई जना सवार कार पनि बाढीको चपेटामा आएपछि हराइरहेका छन् । उक्त कारमा सवार अन्य दुई जनाको भने उद्धार गरिएको थियो । –बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ बुधबारको लागि विदेशी मुद्राको विनिमय दर
-
अहमदाबाद विमान दुर्घटनाः १ सय २४ जनाको शव परिवारलाई बुझाइयो
-
रामघाट सुर्खेतमा व्यावसायिक लिची खेती आकर्षण
-
काठमाडौँ नजिकको साहसिक गन्तव्य ‘वनजङ्गल एडभेञ्चर’
-
एक सय ५७ वर्ष पुरानो नहर पक्की बनाइँदै
-
१२ बजे १२ समाचार: ओली र पूर्व राष्ट्रपति भण्डारीबिच भेटवार्ता, स्कटल्याण्डविरुद्ध नेपालको जित