घट्यो सुचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
आइतबार, ०७ साउन २०८०, ११ : ०९
काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको जनाएको छ । महासंघका अनुसार आज गत साताको शुक्रबारको तुलनामा आज आइतबार मूल्य घटेको जानकारी दिएको हो ।
जसअनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ३०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ७५० रुपैयाँ कायम छ । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ८०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार २५० रुपैयाँ थियो ।
यस्तै, आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ । यससँगै, आज चाँदीको मूल्य प्रतितोला १४ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । गत साताको शुक्रबार यसको मूल्य तोलामा १४ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण