सबै देशसँग सुमधुर सम्बन्ध बनाइरहनु आवश्यक : उपराष्ट्रपति यादव
काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले मैत्री सम्बन्ध स्थापित भएका सबै राष्ट्रहरुसँग सुमधुर र शान्तिपूर्ण सम्बन्ध बनाइराख्नु आजको आवश्यकता रहेको बताएका छन् ।
आइतबार काठमाडौँमा आयोजित हनोररी काउन्सिलर क्रप्स नेपाल (एचसीसीएन) को १६ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले आर्थिक समृद्धिको यात्रामा अग्रसर रहेको नेपालका लागि मैत्री सम्बन्ध स्थापित भएका सबै राष्ट्रहरुसँग सुमधुर र शान्तिपूर्ण सम्बन्ध बनाइराख्नु आजको आवश्यकता रहेको बताएका हुन् ।
उपराष्ट्रपति यादवले दौत्य सम्बन्ध कायम भएका देशका नागरिकलाई नेपालमा पर्यटकको रुपमा भित्र्याउन एचसीसीएनको प्रमुख भूमिका रहेको बताए । उनले नेपालमा लगानीका सम्भाव्य क्षेत्रहरु जलविद्युत, पर्यटन लगायत विदेशी लगानी आकर्षित गरी मुलुकको आर्थिक विकास र समृद्धिको लागि संस्थाले थप योगदान दिन आवश्यक रहेको बताए ।
उपराष्ट्रपति यादवले एचसीसीएनले जलवायु परिवर्तनका कारण सिर्जित समस्याको न्यूनीकरण गर्नमा सम्बन्धित देशसँग पहल गर्न केन्द्रित हुनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण