शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

सबै देशसँग सुमधुर सम्बन्ध बनाइरहनु आवश्यक : उपराष्ट्रपति यादव

आइतबार, ०७ साउन २०८०, १७ : ३६
आइतबार, ०७ साउन २०८०

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले मैत्री सम्बन्ध स्थापित भएका सबै राष्ट्रहरुसँग सुमधुर र शान्तिपूर्ण सम्बन्ध बनाइराख्नु आजको आवश्यकता रहेको बताएका छन् ।   

आइतबार काठमाडौँमा आयोजित हनोररी काउन्सिलर क्रप्स नेपाल (एचसीसीएन) को १६ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले आर्थिक समृद्धिको यात्रामा अग्रसर रहेको नेपालका लागि मैत्री सम्बन्ध स्थापित भएका सबै राष्ट्रहरुसँग सुमधुर र शान्तिपूर्ण सम्बन्ध बनाइराख्नु आजको आवश्यकता रहेको बताएका हुन् । 

उपराष्ट्रपति यादवले दौत्य सम्बन्ध कायम भएका देशका नागरिकलाई नेपालमा पर्यटकको रुपमा भित्र्याउन एचसीसीएनको प्रमुख भूमिका रहेको बताए  । उनले नेपालमा लगानीका सम्भाव्य क्षेत्रहरु जलविद्युत, पर्यटन लगायत विदेशी लगानी आकर्षित गरी मुलुकको आर्थिक विकास र समृद्धिको लागि संस्थाले थप योगदान दिन आवश्यक रहेको बताए  । 

उपराष्ट्रपति यादवले एचसीसीएनले जलवायु परिवर्तनका कारण सिर्जित समस्याको न्यूनीकरण गर्नमा सम्बन्धित देशसँग पहल गर्न केन्द्रित हुनुपर्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप