टेलिकमको क्षमता वृद्धिका लागि व्यवस्थापन र श्रमिकको एउटै लक्ष्य हुनुपर्छ : अर्थमन्त्री महत
काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले टेलिकमको क्षमता अभिवृद्धिका लागि व्यवस्थापन र नेपाल टेलिकम वर्कर्स युनियनको एउटै लक्ष्य हुनुपर्नेमा जोड दिएका छन् । नेपाल टेलिकम वर्कर्स युनियनको ३३ औं वार्षिकोत्सव समारोहमा मन्त्री डा.महतले यस्तो बताएका हुन् ।
‘वर्कर्सहरुले जायज माग तथा चासो र चिन्ताप्रति राज्य संवेदनशील हुनुपर्छ । यिनीहरु काम गर्ने हुन्, उनीहरुलाई धेरै सुविधा दिनुहुँदैन भन्ने मानसिकता परिवर्तन गर्नुपर्छ,’ उनले भने, ‘ल्याण्ड लाइनबाट सुरु भएर अहिले ताररहित सेवा प्रवाह भइरहेको छ । प्रविधिमा छिटो छिटो विकास भइरहेको छ । यो परिवर्तनसँगै नेपाल टेलिकमले आफूलाई अपटु डेट राख्ने चुनौति छ ।’
स्वास्थ्य र शिक्षा क्षेत्रमा डिजिटलको उपयोग गरेर लागत घटाउनुपर्ने आवश्यकता मन्त्री डा.महतले औंल्याए । उनले शिक्षामा हामीले यही हिसाबले अगाडि बढ्न सकेनौं भने त्यो प्रतिस्पर्धी नहुने समेत बताए । यी तमाम हिस्सामा नेपाल टेलिकमको उपस्थिति छ ।
पहिले टेलिकमको मात्र मनोपोली थियो, तर अहिले निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था छ । स्वभाविक रुपमा निजी क्षेत्र आक्रामक हुन्छ । उनीहरुको निर्णय प्रकृया छिटो छरितो पनि हुन्छ । राज्य संरक्षित कम्पनीहरुमा थोरै कानुन झन्झट हुन्छन् ।
‘व्यवस्थापकीय समस्या सरकारले हटाउनुपर्ने आवश्यकता छ । क्षमता वृद्धिका लागि टेलिकम आफैले हटाउन सक्ने समस्या पनि होलान्’ मन्त्री डा.महतले भने, ‘त्यसैले आ–आफ्नो ठाउँबाट योगदान दिनुपर्ने आवश्यकता छ । टेलिकमको व्यवस्थापन अपटुडेट भइराख्नु पर्नेछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण