कार्यालय समयमा उपस्थित भएन/नभएको अनुगमन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन
आइतबार, ०७ साउन २०८०, १८ : ५५
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्यालय समयमा स्वास्थ्य कर्मी र कर्मचारी कार्यालय आए नआएको अनुगमन गर्न सबै अस्पताल प्रमुखलाई निर्देशन दिएको छ । मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै सबै अस्पतालका महानिर्देशकलाई सो निर्देशन दिएको हो ।
विज्ञप्तिमा भनिएको छ, 'प्रस्तुत विषयमा त्यहाँ मातहत कार्यरत रहेका स्वास्थ्य सेवा तथा निजामती सेवा तर्फका सम्पूर्ण कर्मचारीहरू नेपाल सरकारले निर्धारण गरेको कार्यालय समयमा कार्यालयमा उपस्थित रहे/नरहेको सम्बन्धमा कार्यालय प्रमुखबाट नियमित रुपमा अनुगमन तथा निरीक्षण गर्नुहुन यस मन्त्रालय (सचिवस्तर) को मिति २०८०।०४।०७ को निर्णयअनुसार अनुरोध छ ।'
यस्तै समय समयमा मन्त्रालयले पनि अनुगमन गर्ने जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण