सुन तस्करीमा संलग्न नहुनेहरु तर्सिनु पर्दैन : न्यौपाने
काठमाडौँ । अखिल (क्रान्तिकारी) का पूर्व अध्यक्ष एवम् माओवादी केन्द्रका केन्द्रीय सदस्य नरेन्द्र न्यौपानेले सुन तस्करीमा संलग्न नभएकाहरु गृहमन्त्रालय र सरकारसँग तर्सिन नपर्ने बताएका छन् । आइतवार काठमाडौँको माइतिघरमा अखिल(क्रान्तिकारी)को सामाजिक सरोकार विभागद्वारा सुरु गरिएको हस्ताक्षर अभियानलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
सरकारले भुटानी शरणार्थी प्रकरणदेखि हाल सुन प्रकरणसम्मको कारबाहीमा ठुला पद र ओहदाकालाई पनि नछाडेको तर निर्दोषले डराउनु नपर्ने उनले बताए ।
_AcHgzSqFOZ.jpg)
‘सरकारले कारबाही थालेपछि एमाले निकट युवा संघले सडकमा मसाल बाल्यो, गृहमन्त्रीको राजिनामा पनि माग्यो । तर तस्करीमा युवा संघ संलग्न छैन भने यसरी आँतिनु पर्दैन’ न्यौपानेले भने, ‘सरकारले दोषी र उसका संरक्षकलाई पानी मुनी गए पनि छाड्दैन र तस्करीमा संलग्नलाई भने जुलुस, मसाल र घेराउ गरे भनेर छाड्दैन ।’
कार्यक्रममा अखिल (क्रान्तिकारी) का अध्यक्ष पञ्चा सिंहले हस्ताक्षर गरेर सुरु भएको हस्ताक्षर अभियान १ हप्तासम्म चल्ने र अभियानले १ लाख हस्ताक्षर संकलन गरि प्रधानमन्त्रीलाई बुझाउने कार्यक्रम रहेको सामाजिक सरोकार विभाग प्रमुख सूर्यनारायण साहले जानकारी दिए ।
सो संगठनले सरकारले चालेको भ्रष्टाचारविरुद्धको अभियानमा सघाउ पुर्याउने उद्देश्यले हस्ताक्षर अभियान सञ्चालन गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण