तिलोत्तमा नगरपालिकाद्वारा कक्षा ६ का विद्यार्थीलाई पनि दिवा खाजा
काठमाडौं । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सामुदायिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत विद्यार्थीका लागि पनि दिवा खाजाको व्यवस्था गरेको छ । नगरपालिका अन्तगर्ततका सामुदायिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत विद्यार्थीका लागि दिवा खाजा वापत प्रति दिन २५ रुपैयाँउपलब्ध गराइने मेयर रामकृष्ण खाणले बताए ।
सरकारले कक्षा ६ का विद्यार्थीको दिवा खाजा कटौती गरेपनि तिलोत्तमा नगरपालिकाले नरोक्ने उनको भनाइ छ । अर्थ मन्त्रालयले रकम कक्षा ५ सम्मका विद्यार्थीलाई मात्रै खाजा खान पुग्ने गरी छुट्याएकोभन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा ६ का विद्यार्थीको दिवा खाजा कटौती गरेको थियो ।
सरकारले आर्थिक वर्ष २०७८र७९ सम्म कक्षा ५ सम्मका विद्यार्थीलाई मात्रै दिवा खाजा उपलब्ध गराएको थियो । यस कार्यक्रमलाई विस्तार गर्ने भन्दै आर्थिक वर्ष २०७९/८० देखि भने कक्षा ६ का विद्यार्थीलाई पनि खाजा खुवाउने घोषणा गरेको थियो । तर सोही वर्षको बजेट भाषणमा दिवा खाजाको रकम भने कक्षा ५ सम्मका विद्यार्थीलाई मात्रै पुग्ने गरी छुट्याएको थियो ।
सरकारले दिवा खाजा कार्यक्रम अनुसार हरेक विद्यार्थीलाई वर्षमा दुई हजार सात सय उपलब्ध गराउँछ। दैनिक १५ रुपियाँको दरले १८० दिनलाई दिइएको दिवा खाजा दिने गरेकोमा तिलोत्तमाले भने दिवा खाजाका लागि २५ रुपयाँ तोकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : टेरामक्स खरिद प्रकरणमा पूर्वमन्त्री बस्नेतलाई ‘क्लिन चिट’, अख्तियारबाट प्रहरी अधिकृतहरूको एकाएक सरुवा
-
पूर्वचिनियाँ अधिकारीलाई मृत्युदण्ड
-
थुनामुक्त आदेशलगत्तै पुनः पक्राउ परे अभिषेक गिरी, रातारात लगियो काठमाडौं
-
अमेरिकी ‘स्ट्राइकर’ फोलारिनलाई रातो कार्ड दिने रेफ्रीको विगत ‘अत्यन्त शङ्कास्पद’ : ट्रम्प
-
भारतद्वारा पाकिस्तानी लडाकु समूहका नेताविरुद्ध मुद्दा दायर
-
सुमार्गीमाथि सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान तत्काल अघि नबढाउन अन्तरिम आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण