एनआरएनए कतारको अध्यक्षमा ७ जनाको उम्मेदवारी
काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनएको अध्यक्षमा ७ जनाको उम्मेदवारी परेको छ । निर्वाचन समितिका अनुसार पदम गिरी, अवधेश कुमार मण्डल, रमेश भट्ट, जैबी राई, अब्दुर रहमान, उत्तम गुरुङ र सरिता भण्डारी पौडेलले आगामी कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी दिएका हुन् ।
निर्वाचन समितिका अनुसार विभिन्न पदहरुमा मनोनयन दर्ता भएका उम्मेदवारहरुमाथि दाबी विरोध पश्चात ९० जनाको उम्मेदवारी कायम भएको छ । प्रारम्भिक नामावलीमा भने ९१ जना पञ्जीकृत सदस्यहरुको उम्मेदवारी परेको थियो ।
निर्वाचन समितिले कामय रहेका उम्मेदवारहरुलाई आफ्नो पासपोर्ट साइजको फोटोसहित नाम र पदसमेत उल्लेख हुने गरी सोमबार दिउँसो ४ बजेभित्र विवरण पठाउन आग्रह गरेको छ ।
समितिले ६ जना आईसीसी सदस्यका लागि ९ जना, एक जना प्रथम उपाध्यक्षका लागि ३ जना, द्धितीय उपाध्यक्ष १ जनाका लागि ३ जना, तृतीय उपाध्यक्ष १ जनाका लागि २ जना, महिला उपाध्यक्ष एक जनाका लागि दुई जनाको उम्मेदवारी परेको छ । यस्तै १ जना युवा उपाध्यक्षका लागि पनि दुई जनाको उम्मेदवारी परेको छ ।
यस्तै ३ जना सचिवका लागि ७ जना, कोषाध्यक्ष १ जनाका लागि ३ जना, सहकोषाध्यक्ष १ जनाका लागि ३ जनाको उम्मेदवारी परेको छ । यसैगरी महिला संयोजक र युवा संयोजक पदमा भने एकल उम्मेदवारी परेको छ । यस्तै १९ जना सदस्य पदका लागि ४० जनाको उम्मेदवारी परेको छ ।
यसैगरी लेखा समिति संयोजक पद (१) का लागि २ जना, लेखा समिति सदस्य (२) का लागि ३ जनाको उम्मेदवारी परेको संयोजक क्रान्ति सिंहले जानकारी दिए । नयाँ नेतृत्व चयनका लागि जुलाइ २७ मा निर्वाचन हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण