ताइवानको प्रख्यात बबल टी ठमेलमा
काठमाडौँ । काठमाडौँको ठमेलमा पूर्वी एसियाली मुलुक ताइवानको प्रख्यात बबल टी ‘चाटाइम’को आउटलेट खुलेको छ । काठमाडौँ गेस्ट हाउसनजिकै यशु श्रेष्ठ, आकृति सिंह र विलशा श्रेष्ठको संयुक्त लगानीमा चाटइमको आउटलेट खुलेको हो ।
सञ्चालकहरूका अनुसार बबल टी अन्य चिया जस्तो तातो हुँदैन । यो चिसो पेय हो । यो चिया आइस टी जस्तै हुन्छ । बबल टीलाई पर्ल मिल्क टी, टोपिका मिल्क टी, बोबा टी लगायत नामले चिनिन्छ । यो पेय पदार्थले गर्मी मौसममा शीतलता प्रदान गर्ने बताइएको छ ।
बबल टी ताइवानको लोकप्रिय चिसो चिया हो । सन् १९८० को दशकमा यो चिया पहिलोपटक ताइवानमा सुरु गरिएको हो । सन् १९९० को दशकमा यो अमेरिका हुँदै विश्वका अन्य देशमा छाउन थाल्यो । नेपालमा यस्तो चिया भित्रिएको केही वर्ष मात्र भएको छ ।
सञ्चालकहरूका अनुसार कतिपय देशमा बबल टी चिसो र तातो दुवै स्वादमा तयार गरिन्छ । ‘बबल टी मुख्यतया दुई किसिमले तयार गरिने भए पनि पछिल्लो समय यसका प्रकार स्वाद अनुसार अनेक छन्,’ चाटाइम सञ्चालकमध्येकी एक यशु श्रेष्ठले भनिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफको समाप्तिसम्म ब्राजिलविरुद्ध जापानको १–० को अग्रता
-
जापानद्वारा ब्राजिलविरुद्ध १–० को सुरुवाती अग्रता, २९औँ मिनेटमा काइशु सानोको गोल
-
घट्दै रोपाइँको क्षेत्रफल
-
ट्रम्प लज्जास्पद रूपमा असफल : बाइडेन
-
यू–२० राष्ट्रिय रग्बी: महिलातर्फ बागमती र कोशी फाइनलमा, पुरुषतर्फको सेमिफाइनल समीकरण पूरा
-
मौलाकालिका जलविद्युत आयोजनाको भौतिक प्रगति ३० प्रतिशत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण