सभापति बदल्ने होइन, म आफै बदलिन्छु : धनराज गुरुङ
सोमबार, ०८ साउन २०८०, १८ : २४
काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आफैबाट बदलावको सुरुवात गर्नुपर्ने बताएका छन् । केन्द्रीय कार्यसमिति बैठकमा उठेका विषयको जवाफ दिँदै उनले पार्टीलाई जुरुक्कै उचालेर जनताको बीचमा जानुपर्ने बताए ।
उनले भने, ‘जनताको कांग्रेस बनाउने अभियानमा लागौँ । यसका लागि पहिला आफू बदलिनुपर्छ । म बदलिएर अगाडि बढ्ने प्रयास गरिरहेको छु । कति बदलिन सक्छु थाहा छैन । तर म बदलिन्छु ।’
पार्टीको नेतृत्व बदल्न नलागेको भनेर आफूलाई कतिपयले गाली गरेको उनको भनाइ छ । ‘ए नेता बदल्ने कुरा गर पनि भन्छन् । सभापतिलाई बदल्नु पहिला म आफू बदलिनुपर्छ भन्ने मलाई राम्रैसँग थाहा छ,’ गुरुङ भन्छन्, ‘७५–७६ वर्षको सभापतिलाई बदलिनुस् भन्नुभन्दा म आफै बलिनु पर्ने भएको छ । पहिले म आफू बदलिएर समग्र कांग्रेस बदल्ने यात्रामा अगाडि बढ्न चाहन्छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण