बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

सभापति बदल्ने होइन, म आफै बदलिन्छु : धनराज गुरुङ

सोमबार, ०८ साउन २०८०, १८ : २४
सोमबार, ०८ साउन २०८०

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आफैबाट बदलावको सुरुवात गर्नुपर्ने बताएका छन् । केन्द्रीय कार्यसमिति बैठकमा उठेका विषयको जवाफ दिँदै उनले पार्टीलाई जुरुक्कै उचालेर जनताको बीचमा जानुपर्ने बताए ।

उनले भने, ‘जनताको कांग्रेस बनाउने अभियानमा लागौँ । यसका लागि पहिला आफू बदलिनुपर्छ । म बदलिएर अगाडि बढ्ने प्रयास गरिरहेको छु । कति बदलिन सक्छु थाहा छैन । तर म बदलिन्छु ।’

पार्टीको नेतृत्व बदल्न नलागेको भनेर आफूलाई कतिपयले गाली गरेको उनको भनाइ छ । ‘ए नेता बदल्ने कुरा गर पनि भन्छन् । सभापतिलाई बदल्नु पहिला म आफू बदलिनुपर्छ भन्ने मलाई राम्रैसँग थाहा छ,’ गुरुङ भन्छन्, ‘७५–७६ वर्षको सभापतिलाई बदलिनुस् भन्नुभन्दा म आफै बलिनु पर्ने भएको छ । पहिले म आफू बदलिएर समग्र कांग्रेस बदल्ने यात्रामा अगाडि बढ्न चाहन्छु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप