शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

परिवर्तनकारी शक्तिहरुबीच वृहत् मोर्चा आवश्यक : देव गुरुङ

सोमबार, ०८ साउन २०८०, १९ : ५०
सोमबार, ०८ साउन २०८०

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले परितर्वनकारी शक्तिहरु मिल्नुको विकल्प नभएको बताएका छन् । साम्राज्यवादी देशहरुले युद्ध र समाजवादी देशहरुले शान्तिको नीति अख्तियार गरेको उनले बताए । 

“विश्व एक ध्रुवबाट दुई ध्रुवमा विभाजित हुन पुगेको छ । साम्राज्यवादी शक्ति तथा देशहरुले युद्धको नीति अख्तियार गरेका छन् भने समाजवादी देशहरु शान्तिको । परिवर्तनकारी शक्तिहबीच वृहत् मोर्चावन्दी आवश्यक भएको छ । अहिलेको आवश्यकता कम्युनिस्टहरुबीच एकता हो” गुरुङले भने । 

महासचिव गुरुङले प्रजातान्त्रिक जनवादी कोरिया उत्पीडित राष्ट्रको लागि प्रेरणा बनेको बताए । 

अहिलेको विश्वको प्रमुख अन्तर्विरोध उत्पीडित राष्ट्र र साम्राज्यवादबीच भएको बताउँदै गुरुङले जनतालाई सर्वेसर्वा भन्ने किम इल सुङको जुछे विचार वैज्ञानिक भएको बताए । उत्पीडित राष्ट्र र जनताले साम्राज्यवादी शक्तिहरुसँग लड्न जुछे विचार आत्मसात् गर्न आवश्यक रहेको गुरुङले बताए । देश स्वाधीन र आत्मनिर्भर हुन कोरियाबाट सिक्नुपर्ने समेत उनले बताए । 

कार्यक्रममा नेपालको लागि प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका राजदूत जो योङ मानले जनताको शक्तिकै आधारमा आफ्नो देश विजयी भएको बताए । मानले आफ्नो देश जनतासँग एकाकार भएर अगाडि बढेको बताउँदै जनताको शक्तिले नै कोरिया विदेशी हस्तक्षेपबाट मुक्त भएर प्रगतिमा अगाडि बढेको बताए । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप