बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

२०० एमपीको क्यामरा भएको रियलमी ११ प्रो सिरिज नेपालमा सार्वजनिक

सोमबार, ०८ साउन २०८०, २० : २८
सोमबार, ०८ साउन २०८०

काठमाडौँ । रियलमी ११ प्रो सिरिज ५जी नेपाली बजारमा उपलब्ध भएको छ ।  रियलमी ११ प्रो ५जी र रियलमी ११ प्रो प्लस ५जी गरी दुई भेरीयन्टहरु नेपाली बजारमा सार्वजनिक गरिएको हो ।

कार्यक्रममा बोल्दै रियलमी नेपालका कन्ट्री हेड मुनिश गिरीले भने, ‘नयाँ रियलमी ११ प्रो प्लस ५जी को डिजाइन र क्यामरामा व्यापक अपग्रेड गरिएको छ जसले गर्दा यो फोटोग्राफर, गेमर लगायत स्टाइलिस स्मार्टफोन बोक्न रुचाउने जो सुकैको लागि पहिलो रोजाइ बन्नेछ भन्नेमा हामी विश्वस्त छौँ । साथै अहिलेसम्म हामीलाई यसरी नयाँ–नयाँ अपग्रेड सहित रियलमी फोनहरू बजारमा ल्याइरहन प्रेरित गर्नुहुने समस्त नेपाली उपभोक्ताहरू प्रति हार्दिक आभार पनि प्रकट गर्दछौँ ।’

रियलमी ११ प्रो प्लस ५ जी १२/२५६ जीबी स्टोरेज भेरियन्टको मूल्य रु ६१,९९९ रहेको छ । रियलमी ११ प्रो प्लस ५ जी दुईवटा कलर अप्सनहरूमा उपलब्ध छ : सनराइज बेज र ओएसिस ग्रीन । त्यस्तै रियलमी ११ प्रो ५ जी ८/२५६ जीबी स्टोरेज भेरियन्टको मूल्य रु ४७,९९९ रहेको छ । रियलमी ११ प्रो ५ जी दुईवटा कलर अप्सनहरूमा उपलब्ध छ : सनराइज बेज र एस्ट्रल ब्ल्याक ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप