तिनाउ नदीमा फेसका दुई जनाको उद्धार
मङ्गलबार, ०९ साउन २०८०, १० : ००
बुटवल । बुटवलको तिनाउ र दानव नदीमा फसेका दुई जनाको उद्धार गरिएको छ । बुटवल मजुवास्थित तिनाउ नदीको बीचमा दाउरा खोज्न र माछा मार्न गएका पाखापानीका मीनबहादुर गाहा र दानव नदीमा फसेका अर्का एक जना पुरुषलाई नगर प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको प्रयासमा सकुशल उद्धार गरिएको हो ।
तिनाउमा नदीको सतह बढेकाले दाउरा, माछा मार्ने उद्देश्य वा खोला हेर्ने उद्देश्यले नजान सबैमा अनुरोध गरेको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए। उनले नदी किनारमा विपद्को टोली र नगर प्रहरी खटाएर सावधानी अपनाइएको बताए।
नदी किनार क्षेत्रमा नगर प्रहरीले माइकिङ गर्दै सावधानी र सतर्कता अपनाउन आह्वान गरेको छ। तिनाउ नदी दिउँसो १२ सम्म उच्च रहेको जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : टेरामक्स खरिद प्रकरणमा पूर्वमन्त्री बस्नेतलाई ‘क्लिन चिट’, अख्तियारबाट प्रहरी अधिकृतहरूको एकाएक सरुवा
-
पूर्वचिनियाँ अधिकारीलाई मृत्युदण्ड
-
थुनामुक्त आदेशलगत्तै पुनः पक्राउ परे अभिषेक गिरी, रातारात लगियो काठमाडौं
-
अमेरिकी ‘स्ट्राइकर’ फोलारिनलाई रातो कार्ड दिने रेफ्रीको विगत ‘अत्यन्त शङ्कास्पद’ : ट्रम्प
-
भारतद्वारा पाकिस्तानी लडाकु समूहका नेताविरुद्ध मुद्दा दायर
-
सुमार्गीमाथि सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान तत्काल अघि नबढाउन अन्तरिम आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण