नेपाली काँग्रेसको विकल्प अरु हुन सक्दैन, एक भएर अघि बढौँः शशांक कोइराला

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शशांक कोईरालाले नेपाली काँग्रेसको विकल्प अरु हुन नसक्ने बताएका छन् ।
मंगलवार काठमाडौंमा आयोजित चियापान समारोहमा बोल्दै उनले काँग्रेस एक भएको खण्डमा देशमा ठूलो परिवर्तन आउने र अहिलेको आवश्यकता एकतावद्ध काँग्रेस हुनु रहेको बताए ।
कोइरालाले आफूले आयोजना गरेको चियापान समारोह काँग्रेसबीचको भाइचारा सम्बन्ध स्थापित गराउने माध्यम भएको बताए ।
उनले भने, ‘पार्टी एक भएको छ, यो पार्टी एक भएको खण्डमा नेपाली काँग्रेसले धेरै ठूलो परिवर्तन ल्याउन सक्छ । हामी एकतावद्ध भएर हिँड्नुपर्छ भनेर हामी भेला भएको हो । ५ दिन छलफल भयो, एक किसिमले रिल्याक्स गर्न पनि हो । भाइचाराको सम्बन्ध स्थापित गर्न चियापान आयोजना गरेको हो । आउँदो दिनमा कता जाने हो ? त्यो तय गर्नुपर्छ । नेपाली काँग्रेसको विकल्प अरु छैनन् नेपाली काँग्रेस नै हो । भविष्य नेपाली काँग्रेससँग छ । हामी एक भयौँ भने नेपाली काँग्रेसलाई कसैले हराउन सक्दैन । त्यसैले एक भएर जाऔँ ।’
नेता कोइरालाले नेपाली काँग्रेस एक हुनसके कसैले हराउन नसक्ने तर्क गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'स्पिरिट' विवाद, दीपिकाको समर्थनमा अजय
-
‘हिट भएपछि फिल्मको लाइन लाग्ने रहेछ’
-
कुखुरापालन व्यवसायबारे नेपाल–भारतका विज्ञबिच छलफल
-
पाकिस्तानी प्रधानमन्त्रीको वार्ताको प्रस्तावमा भारतले के भन्यो ?
-
ट्रम्पको व्यापार करविरुद्धको आदेश पुनरावेदन अदालतले रोक्यो
-
मिस वर्ल्डपछि मिस ग्रान्ड इन्टरनेसनलमा विवाद, रेचल गुप्ताले उपाधि फिर्ता गर्ने