नेपाली काँग्रेसको विकल्प अरु हुन सक्दैन, एक भएर अघि बढौँः शशांक कोइराला
काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शशांक कोईरालाले नेपाली काँग्रेसको विकल्प अरु हुन नसक्ने बताएका छन् ।
मंगलवार काठमाडौंमा आयोजित चियापान समारोहमा बोल्दै उनले काँग्रेस एक भएको खण्डमा देशमा ठूलो परिवर्तन आउने र अहिलेको आवश्यकता एकतावद्ध काँग्रेस हुनु रहेको बताए ।
कोइरालाले आफूले आयोजना गरेको चियापान समारोह काँग्रेसबीचको भाइचारा सम्बन्ध स्थापित गराउने माध्यम भएको बताए ।
उनले भने, ‘पार्टी एक भएको छ, यो पार्टी एक भएको खण्डमा नेपाली काँग्रेसले धेरै ठूलो परिवर्तन ल्याउन सक्छ । हामी एकतावद्ध भएर हिँड्नुपर्छ भनेर हामी भेला भएको हो । ५ दिन छलफल भयो, एक किसिमले रिल्याक्स गर्न पनि हो । भाइचाराको सम्बन्ध स्थापित गर्न चियापान आयोजना गरेको हो । आउँदो दिनमा कता जाने हो ? त्यो तय गर्नुपर्छ । नेपाली काँग्रेसको विकल्प अरु छैनन् नेपाली काँग्रेस नै हो । भविष्य नेपाली काँग्रेससँग छ । हामी एक भयौँ भने नेपाली काँग्रेसलाई कसैले हराउन सक्दैन । त्यसैले एक भएर जाऔँ ।’
नेता कोइरालाले नेपाली काँग्रेस एक हुनसके कसैले हराउन नसक्ने तर्क गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिकमा चर्को असन्तुष्टि छ, सम्बोधन नभए विस्फोट हुन्छ : गगन थापा
-
भक्तपुरमा विश्वकप फुटबलको फाइनल हेर्ने क्रममा कुटाकुट, एक जनाको मृत्यु
-
बालेनले घोषणा गरेको शिक्षा र स्वास्थ्यको कर फिर्ता गर्ने के छ प्रक्रिया ?
-
ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता
-
नितेश तिवारीको ‘रामायण’मा अनुपम खेरको इन्ट्री
-
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण