बुटवल-तानसेन सडक अवरुद्ध
मङ्गलबार, ०९ साउन २०८०, १२ : ०९
बुटवल । अविरल वर्षाका कारण सिद्धार्थ राजमार्ग अन्तर्गतको बुटवल -पाल्पा सडक खण्ड अवरुद्ध भएको छ । वर्षापछि ठाउँ ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको राजमार्ग ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
तिनाउ गाउँपालिका–३ को सिद्ध बाबा खण्डअन्तर्गत हेडवर्क्समा ठुलो पहिरो खसेको छ । ढुङ्गासहितको पहिरो खसेको र निरन्तर वर्षाले सफा गर्न समस्या भएको प्रहरीको भनाइ छ ।
सिद्धबाबा क्षेत्रमा सडक अवरुद्ध भएपछि तराईबाट पहाडी जिल्लामा चल्ने सवारी साधन बुटवलमै रोकिएका छन् ।
यस्तै कपिलवस्तु गोरुसिंहदेखि अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क जाने गोरुसिङ्गे सन्धिखर्क सडक पनि अवरुद्ध भएको छ । अर्घाखाँचीको सितगंगा नगरपालिका–२ भुवन पाटामा पहिरो जाँदा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण