मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

१५ औं महाधिवेशनको सभापति शेखर कोइराला हो : उपसभापति गुरुङ

मङ्गलबार, ०९ साउन २०८०, १५ : ४१
मङ्गलबार, ०९ साउन २०८०

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले १५ औं महाधिवेशनअघि सभापति बदल्ने कुरा आफूले नगर्ने बताएका छन् । 

वीपी स्मृति सप्ताह कार्यक्रममा बोल्दै उनले रुपान्तरणको नाम पार्टी सभापति बदल्ने कुरा गर्नु नहुने बताए ।  ‘हामीले पार्टी रुपान्तरणको अभियान लिएर १४ औं महाधिवेशनमा उठेका थियौं । त्यो रुपान्तरणको अभियान सकिएको छैन । विश्राम लिएका छैनौं,’ उनले भने, ‘अहिले नै रुपान्तरणको नाम पार्टी सभापति बदल्ने कि नबदल्ने भन्ने प्रश्न पनि उठ्छ । तर, पनि मैले भन्दै आएको छु १४ औं महाधिवेशनपछि नपुग्ने र नहुने कुरा गर्न चाहन्न । मैले अहिले नै खरो ढंगबाट पार्टी सभापति बदल्नुपर्छ भन्ने चाहन्नँ, सक्दिनँ । भन्दिन पनि ।’

अब पार्टी रुपान्तरणको लागि १५ औं महाधिवेशनलाई लक्ष्य बनाउनुपर्ने उनको भनाइ छ । 

‘रुपान्तरणको नेतृत्व शेखर कोइरालाले लिने नै हो । त्यसमा हामी प्रस्ट हुनुपर्छ । १५ औं महाधिवेशन तार्केट गरेर अगाडि बढौं । १५ औं महाधिवेशनमा हामी शेखर कोइरालालाई उम्मेदवार मात्रै होइन सभापतिमै स्थापित गराउँछौं,’ उनले भने ।

अहिले सभापतिसँग पदाधिकारीमाथि पनि प्रश्न उठेको उनको भनाइ छ । ‘अहिले सभापतिप्रति मात्र प्रश्न उठेको छैन । उपसभापतिप्रति पनि प्रश्न छ । भाषणले मात्र हुँदैन व्यवहारमा पनि फरक देखिनु पर्यो ,’ उनले भने ।

शेखर कोइराला सभापति भएपछि न्यायोचित व्यवस्थापन हुने उनको भनाइ छ । यस्तै उनले कानूनमन्त्री धनराज गुरुङले सरकारले सबै नेताहरुको सम्पत्ति छानबिन गर्ने बताए ।

‘नेताहरुको सम्पत्ति छानबिन गरेरै छाडिन्छ । प्रधानमन्त्री एक जना मन्त्रीका हैसियतले एकपछि अर्को फाइल खोल्न भनेको छु । मन्त्री पद छोडिन्छ, तर आफ्नो निष्ठा छोडिन्नँ ,’ उनले भने ।

 

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप