१५ औं महाधिवेशनको सभापति शेखर कोइराला हो : उपसभापति गुरुङ
काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले १५ औं महाधिवेशनअघि सभापति बदल्ने कुरा आफूले नगर्ने बताएका छन् ।
वीपी स्मृति सप्ताह कार्यक्रममा बोल्दै उनले रुपान्तरणको नाम पार्टी सभापति बदल्ने कुरा गर्नु नहुने बताए । ‘हामीले पार्टी रुपान्तरणको अभियान लिएर १४ औं महाधिवेशनमा उठेका थियौं । त्यो रुपान्तरणको अभियान सकिएको छैन । विश्राम लिएका छैनौं,’ उनले भने, ‘अहिले नै रुपान्तरणको नाम पार्टी सभापति बदल्ने कि नबदल्ने भन्ने प्रश्न पनि उठ्छ । तर, पनि मैले भन्दै आएको छु १४ औं महाधिवेशनपछि नपुग्ने र नहुने कुरा गर्न चाहन्न । मैले अहिले नै खरो ढंगबाट पार्टी सभापति बदल्नुपर्छ भन्ने चाहन्नँ, सक्दिनँ । भन्दिन पनि ।’
अब पार्टी रुपान्तरणको लागि १५ औं महाधिवेशनलाई लक्ष्य बनाउनुपर्ने उनको भनाइ छ ।
‘रुपान्तरणको नेतृत्व शेखर कोइरालाले लिने नै हो । त्यसमा हामी प्रस्ट हुनुपर्छ । १५ औं महाधिवेशन तार्केट गरेर अगाडि बढौं । १५ औं महाधिवेशनमा हामी शेखर कोइरालालाई उम्मेदवार मात्रै होइन सभापतिमै स्थापित गराउँछौं,’ उनले भने ।
अहिले सभापतिसँग पदाधिकारीमाथि पनि प्रश्न उठेको उनको भनाइ छ । ‘अहिले सभापतिप्रति मात्र प्रश्न उठेको छैन । उपसभापतिप्रति पनि प्रश्न छ । भाषणले मात्र हुँदैन व्यवहारमा पनि फरक देखिनु पर्यो ,’ उनले भने ।
शेखर कोइराला सभापति भएपछि न्यायोचित व्यवस्थापन हुने उनको भनाइ छ । यस्तै उनले कानूनमन्त्री धनराज गुरुङले सरकारले सबै नेताहरुको सम्पत्ति छानबिन गर्ने बताए ।
‘नेताहरुको सम्पत्ति छानबिन गरेरै छाडिन्छ । प्रधानमन्त्री एक जना मन्त्रीका हैसियतले एकपछि अर्को फाइल खोल्न भनेको छु । मन्त्री पद छोडिन्छ, तर आफ्नो निष्ठा छोडिन्नँ ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जातीय विभेद अन्त्यको सन्देशसहित म्याग्दीमा रक्तदान कार्यक्रम
-
फिल्म निर्माता पहलाज निहलानीको निधन
-
कर्णालीका पूर्वमुख्यमन्त्री शर्माद्वारा संसद् अवरुद्ध
-
रोल्पा दुर्घटना अपडेट : मृतकहरूको पहिचान खुल्यो
-
पूर्वआयुक्त पाठकविरुद्धको भ्रष्टाचार मुद्दा ‘हेर्न नमिल्ने’मा
-
'राजासहितको प्रजातन्त्र'को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण