क्रिकेटका ‘हिरो’हरु स्वदेश फर्किए, १४ तस्बिरमा हेर्नुहोस्
काठमाडौं– आइसीसी विश्वकप छनोटमार्फत अन्तर्राष्ट्रिय एकदिवसीय मान्यता हासिल गर्न सफल नेपाली क्रिकेट टोली आज स्वदेश फर्किएको छ । क्रिकेट टोलीलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमासाँझ राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव विष्टले स्वागत गरे । यस्तै खेलाडीको स्वागतमा उल्लेख्य खेलप्रेमीहरु पनि विमानस्थल पुगेका थिए ।
समर्थकहरुले खेलाडीको पक्षमा नाराबाजी गर्दै क्रिकेट संघको विवाद तत्काल समाधान गरिनुपर्ने, सुविधासम्पन्न क्रिकेट मैदान निर्माण गरिनुपर्ने, खेलाडीलाई पर्याप्त सेवासुविधा दिनुपर्ने लगायतका माग गरेका थिए । 
यसैबीच विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले एकदिवसीय मान्यताको उपलब्धि ऐतिहासिक भएको बताए ।

उनले अब विश्वकप खेल्ने र टेष्ट मान्यता दिलाउने गरी योजना बनाउनुपर्नेमा जोड दिए ।

खड्काले क्रिकेटले हासिल गरेको उपलब्धिबाट देशवासीलाई खुसी तुल्याउन पाउँदा गर्व महशुस भएको समेत प्रतिक्रिया दिए ।










खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसदीय समितिमा चार सदस्यहरू हेरफेर
-
रास्वपा कर्णाली अधिवेशन: निर्वाचन प्रक्रिया सुरु
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक नेपालभरको प्रयोगशाला सञ्चालन गर्ने विधेयक होइन : मन्त्री पुन
-
बलियो सरकार, कमजोर नैतिकता र ‘ह्वाटअबाउटिज्म’को दलदल
-
आउनुस्, हाम्रो सामुदायिक विद्यालयलाई जोगाऔँ !
-
यार्सागुम्वा उत्पादन ६० प्रतिशतले घट्यो : सांसद बुढा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण