प्रश्नपत्र फरक परेको विषयमा त्रिविले छानबिन गर्ने
काठमाडौँ । प्रश्नपत्र फरक परेको विषयमा त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले छानबिन गर्ने भएको छ । सोमबार सञ्चालित मानविकी तथा सामाजिकशास्त्र संकाय अन्तर्गत चार वर्षे बिए तेस्रो वर्षको परीक्षामा प्रश्नपत्र फरक परेको थियो ।
पनिकाले उक्त विषयमा छानबिन गर्दै यथार्थ विवरण सार्वजनिक गर्ने प्रतिबद्धता जनाएको छ । परीक्षा नियन्त्रक पुष्पराज जोशीले एक विज्ञप्ति जारी गर्दै यो विषयमा विस्तृत छानबिन गरी यथार्थ विवरण सार्वजनिक गर्ने बताएका हुन् ।
ऐच्छिक विषय इतिहास अन्तर्गत ‘इन्ट्रोडक्सन टु टुरिज्म डेभलपमेन्ट’ विषयको परीक्षा सञ्चालन गर्दा प्राविधिक त्रुटिका कारण २०८० असार २८ गते सम्पन्न भइसकेको ‘हिस्ट्री अफ मोडर्न इण्डिया’ विषयको प्रश्नपत्र समावेश भएको जनाएको छ ।
उक्त घटनापछि विभिन्न विद्यार्थी संगठनहरूले प्रश्नपत्र बनाउनेमाथि कारवाहीको माग राख्दै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण