‘म बहिरी छैन, नचिच्याऊ’ मिडियासामु पुनः भड्किइन् जया बच्चन
जया बच्चन आफ्नो अभिनयका साथै रिसका लागि पनि परिचित छिन् । उनी भीडमा झन् रिसाउँछिन् । उनको रिस एक पटक पुनः देखिएको छ जब उनी आफ्नी छोरी श्वेता बच्चन नन्दा र छोरा अभिषेक बच्चनसँग आफ्नो आउँदो फिल्म ‘रकी और रानीकी प्रेम कहानी’ को स्क्रिनिङमा पुगेकी थिइन् । जयालाई त्यहाँ भएका मानिसले बोलाउने बित्तिकै उनी रिसाइहालिन् ।
उनी फिल्मको स्क्रिनिङ भइरहेको स्थानमा पुग्दा श्वेता र अभिषेकका लागि केही बेर रोकिइन् तर फोटो खिच्नका लागि फोटोग्राफरले उनलाई बोलाउन थालेपछि उनलाई रिस उठिहाल्यो । त्यसपछि उनले भनिन्, ‘म बहिरी छैन, नचिच्याऊ, आरामले कुरा गर ।’
त्यसपछि फोटो खिच्नका लागि बनाइएको स्थानमा उनीहरू रोकिएनन्, सिधै गए । जयाको यो भिडियो देखेपछि कतिले उनलाई स्कुलको प्रधानाध्यापक भनिरहेका छन् भने कोहीले पापाराजीका लागि उनको मनमा रत्तीभर पनि माया नभएको बताइरहेका छन् । एक प्रयोगकर्ताले लेखेका छन्, ‘त्यसैले हामी रेखालाई माया गर्छौँ । उनको मनमा न त कुनै अहङ्कार छ न कुनै एटिट्युड ।’
जया बच्चनको नयाँ फिल्म ‘रकी और रानी की प्रेम कहानी’ मा रणवीर सिंह, आलिया भट्ट, शबाना आजमी र धर्मेन्द्र पनि देखिनेछन् । करण जौहरको यो फिल्म २८ जुलाईमा सिनेमाघरमा रिलिज हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढिरहेका छन् दर्शक, तर छैन नाटकबाटै गुजारा चल्ने अवस्था
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
-
ट्रम्प–नेतन्याहुबिचको ‘कडा’ फोन वार्ताले इरानसँगको वार्ता जटिल बनायो
-
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
-
एसियन गेम्स छनोट : मलेसियालाई हराउँदै समूह ‘ए’ को शीर्ष स्थान कब्जा गर्ने नेपालको दाउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण