सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

एकीकृत समाजवादीले एमसीसी कार्यन्वयनको अवस्थाबारे अनुगमन समिति बनाउने (निर्णयसहित)

बुधबार, १० साउन २०८०, २० : ००
बुधबार, १० साउन २०८०

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले एमसीसी कार्यान्वयनको अवस्थाबारे सरकारसँग जानकारी माग्ने भएको छ । गत असार २९ गते सुरु भएर साउन ५ गते सम्पन्न सो पार्टीको सचिवालय बैठकका निर्णय सार्वजनिक गर्दै सो पार्टी एमसीसी कार्यान्वयनको अवस्थाबारे सरकारसँग जानकारी माग्नेसहित ५ वटा निर्णय गरेको जनाएको हो । 

बुधबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा निर्णय सार्वजनिक गर्दै प्रवक्ता जगन्नाथ खतिवडाले एमसीसीका बारेमा निरन्तर जानकारी लिने प्रयोजनका लागि पार्टीका तर्फबाट समेत अनुगमन समिति बनाउने जानकारी दिए । 

त्यस्तै सो पार्टीको सचिवालय बैठकले समाजवादी मोर्चाका दलबीच मतभिन्नता भएपनि साझा बुँदामा सहमति जनाउने पनि निर्णय गरेको छ । त्यस्तै मोर्चाको कार्यनीति, योजनाका विषयमा पार्टी पंक्तिलाई प्रष्ट पार्ने पनि नेकपा एसले निर्णय गरेको छ ।

साथै समाजवादीले पार्टीको महाधिवेशन र आगामी राष्ट्रिय अभियानका बारेमा छलफल तथा निर्णय गर्न आगामी साउन १६ र १७ गते स्थायी कमिटी, १९ र १९ गते पोलिटब्युरो तथा २१ र २१ केन्द्रीय कमिटी बैठक काठमाडौँमा बस्ने निर्णय गरेको छ ।

बैठकले विभिन्न ५ वटा प्रस्ताव पारित गरेको छ । जसमा देशको आर्थिक अवस्था मजबुत बनाउन, कृषि क्षेत्रमा ठोस योजना र प्रभावकारी कार्यक्रम अवलम्बन गर्न सरकारसँग माग गरेको छ । त्यसैगरी मिटरब्याज समस्या, लम्पी स्कीनबाट पीडित किसानलाई क्षतिपूर्ति र राहत, सहकारी पीडितहरुलाई कारबाही र भ्रष्टाचारविरुद्धको कारबाही नरोक्न सरकारसँग माग गरेको छ ।

a1a2a3a4

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप