शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

विद्युतीय व्यापार विधेयक उपभोक्ता र सेवा प्रदायकको हितमा छ : उद्योगमन्त्री रिजाल

बुधबार, १० साउन २०८०, १९ : ५२
बुधबार, १० साउन २०८०

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले विद्युतीय व्यापार विधेयक, २०८० ले उपभोक्ता र सेवा प्रदायक दुवैको हित गर्ने बताएका छन् ।  

बुधवार राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समिति बैठकमा बोल्दै मन्त्री रिजालले यस्तो बताएका हुन् । उनले सरकारले ल्याएको विद्युतीय व्यापार विधेयक, २०८० एक पक्षलाई मात्रै हेरेर नल्याएको बताए । उनले उक्त विधेयक इकमर्स कारोबारलाई व्यवस्थित बनाउने गरी ऐन ल्याउन लागेको बताए । उनले वस्तु उत्पादक कम्पनी तथा व्यवसायीहरुले सुपर मार्केट तथा अनलाइन प्लेट फर्मबाट पनि कारोबार गर्न पाउने बताए । 

मन्त्री रिजालले अनलाइनमार्फत व्यापार गर्ने अर्थात इकमर्समा आबद्ध भएर कारोबार गर्नेहरुलाई मात्रै यो कानूनको अधीनमा रहने बताए । 

मन्त्री रिजालले फेसबुकमा कुनै सामान बेच्न चाहेमा उपभोक्ताले विश्वास लागेर खरिद गरे विद्युतीय व्यापार ऐनले नछुने बताए । उनले अनलाइनबाट सुन अर्डर गर्दा पित्तलहरु आउन सक्ने विषयलाई समेत खाल गरेर दण्डित गर्नेगरी कानून निर्माण गरिएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप