विद्युतीय व्यापार विधेयक उपभोक्ता र सेवा प्रदायकको हितमा छ : उद्योगमन्त्री रिजाल
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले विद्युतीय व्यापार विधेयक, २०८० ले उपभोक्ता र सेवा प्रदायक दुवैको हित गर्ने बताएका छन् ।
बुधवार राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समिति बैठकमा बोल्दै मन्त्री रिजालले यस्तो बताएका हुन् । उनले सरकारले ल्याएको विद्युतीय व्यापार विधेयक, २०८० एक पक्षलाई मात्रै हेरेर नल्याएको बताए । उनले उक्त विधेयक इकमर्स कारोबारलाई व्यवस्थित बनाउने गरी ऐन ल्याउन लागेको बताए । उनले वस्तु उत्पादक कम्पनी तथा व्यवसायीहरुले सुपर मार्केट तथा अनलाइन प्लेट फर्मबाट पनि कारोबार गर्न पाउने बताए ।
मन्त्री रिजालले अनलाइनमार्फत व्यापार गर्ने अर्थात इकमर्समा आबद्ध भएर कारोबार गर्नेहरुलाई मात्रै यो कानूनको अधीनमा रहने बताए ।
मन्त्री रिजालले फेसबुकमा कुनै सामान बेच्न चाहेमा उपभोक्ताले विश्वास लागेर खरिद गरे विद्युतीय व्यापार ऐनले नछुने बताए । उनले अनलाइनबाट सुन अर्डर गर्दा पित्तलहरु आउन सक्ने विषयलाई समेत खाल गरेर दण्डित गर्नेगरी कानून निर्माण गरिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण