वैधानिक कम्पनीको संख्या ३ लाख ८ हजार नाघ्यो, पब्लिक कम्पनी २.३४ प्रतिशत मात्रै !
काठमाडौँ । वैधानिक रुपमा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता हुने कम्पनीहरुको संख्या ३ लाख ८ हजार कटेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको कम्पनी रजिष्ट्रारको कार्यालय अनुसार आर्थिक वर्ष २०८०/८१ को साउन १० गतेभित्र कुल ३ लाख ८ हजार ७६७ कम्पनी दर्ता भएका हुन् ।
सोमध्ये, प्राइभेट लिमिटेड (प्रा.लि) कम्पनीमा दर्ता हुने कम्पनीहरुको संख्या ३ लाख १ हजार ५३३ रहेको छ । यो कूल कम्पनी दर्ताको ९७.६६ प्रतिशत हो ।
बाँकी २.३४ प्रतिशत अर्थात् १ हजार ९३७ वटा कम्पनी मात्र पब्लिक लिमिटेडमा दर्ता भएको कम्पनी रजिष्ट्रारको कार्यालयले जनाएको छ ।
अघिल्लो आर्थिक वर्ष २०७८/७९ को कात्तिक मसान्तसम्म कूल २ लाख ९४ हजार ६२० कम्पनी दर्ता भएका थिए । जसमध्ये २ लाख ८८ हजार ५७ कम्पनी प्रा.लिमा दर्ता भएका थिए भने १ हजार ८२१ कम्पनी पब्लिक लिमिटेडमा दर्ता भएका थिए ।
वैधानिक रुपमा दर्ता रहेर सञ्चालनमा रहेको कम्पनीको संख्या ३ लाख ८ हजार भएपनि अवैधानिक रुपमा सञ्चालनमा रहेका कम्पनीहरुको संख्या ५ लाख माथि रहेको रजिष्ट्रार कार्यालयको अनुमान छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण