मिस युनिभर्स नेपालका लागि आवेदन खुल्यो
बिहीबार, ११ साउन २०८०, १६ : २६
काठमाडौँ । उमंग क्रियसनले मिस युनिभर्स नेपालको लागि आवेदन आह्वान गरेको छ । सो संस्थाले चौथो संस्करणको मिस युनिभर्सको लागि आवेदन आह्वान गरेको हो ।
बिहीबार पर्यटन बोर्डमा आयोजित पत्रकार सम्मेलनमा उमंग क्रियसनकी राष्ट्रिय निर्देशक नग्मा श्रेष्ठले निवेदन आह्वान गरिएको जानकारी दिएकी छन् । उनका अनुसार यो वर्षदेखि आवेदनमा पनि व्यापक परिवर्तन र फेरबदल गरिएको छ ।
यसअघि मिस युनिभर्सका संस्करणमा तौल र उचाइको मापदण्ड भए पनि यो वर्षदेखि ती दुबै मापदण्ड हटाइएको छ । यो वर्षदेखि विवाहित महिला र आमाहरुले पनि यो प्रतियोगितामा सहभागी हुन पाउने भएका छन् ।
प्रतियोगिताका लागि अगष्ट ३ सम्म मिस युनिभर्स नेपालको वेभसाइट र खल्ती एपबाट आवेदन दिन सकिने आयोजक पक्षले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण