शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

गण्डकी प्रदेशमा ३ खर्ब ५१ अर्ब कर्जा लगानी

बिहीबार, ११ साउन २०८०, १७ : ५६
बिहीबार, ११ साउन २०८०

काठमाडौँ । समग्र गण्डकी प्रदेशमा ३ खर्ब ५१ अर्ब कर्जा लगानी रहेको केन्द्रीय बैंकले जनाएको छ । आर्थिक वर्ष २०७९/८० को चैत मसान्तसम्मको प्रदेशको वित्तीय स्थिति सार्वजनिक गर्दै बैंकले यसअवधिमा ३ खर्ब ५१ अर्ब ९२ करोड रुपैयाँ कर्जा लगानी रहेको जनाएको हो । 

यसैअवधिमा प्रदेशबाट बैंक तथा वित्तीय संस्थामा कूल ४ खर्ब ३९ अर्ब ७० करोड रुपैयाँ निक्षेप संकलन भएको समेत केन्द्रीय बैंकले जनाएको छ । 

समीक्षा अवधिमा नेपाल भर सातै प्रदेशबाट ५४ खर्ब ८३ अर्ब ९१ करोड रुपैयाँ निक्षेप संकलन हुँदै गर्दा गण्डकी प्रदेशबाट ८.०१ प्रतिशतको निक्षेप हिस्सा हो । 

यस्तै सबैगरी कूल ४८ खर्ब ५६ अर्ब ८० करोड रुपैयाँ बराबरको कर्जा वितरण हुँदा गण्डकी प्रदेशको हिस्सा ७.२५ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ । 

यता प्रदेश भित्रको बैंक तथा वित्तीय संस्थाहरुको हिस्सा भने १२.२३ प्रतिशत रहेको बैंकले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप