लुम्बिनी प्रदेशसभा बैठक : औद्योगिक व्यवसायसम्बन्धी विधेयक समितिमा
बुटवल । लुम्बिनी प्रदेशसभाले औद्योगिक व्यवसायसम्बन्धी प्रचलित प्रदेश कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयकलाई दफावार छलफलका लागि अर्थ, उद्योग तथा पर्यटन समितिमा पठाएको छ ।
बिहीबार बसेको बैठकमा मुख्यमन्त्री एवम् उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रीको प्रतिनिधिको रुपमा गृहमन्त्री सन्तोषकुमार पाण्डेले औद्योगिक व्यवसायसम्बन्धी प्रचलित प्रदेश कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।
सो प्रस्ताव सभामुख तुलाराम घर्तीले उक्त निर्णयार्थ प्रस्तुत गरेपछि दफावार छलफलका समितिमा पठाइएको हो ।
बैठकमा सामाजिक विकास समितिका सदस्य धनबहादुर केसीले स्वास्थ्य संस्था स्थापना, संचालन, नवीकरण तथा स्तरोन्नति ऐन, २०७६ लाई संशोधन गर्न बनेको प्रतिवेदन सहितको विधेयक सभामा प्रस्तुत गरेका थिए ।
बैठकमा प्रदेशसभा सदस्य तुलसीप्रसाद चौधरीले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएर पनि संचालन नहुँदा निजी क्षेत्रबाट निर्माण गरेका होटल व्यवसायमा लगाएको लगानी डुब्ने अवस्थामा पुगेको बताए ।
अर्को प्रसंगमा उनले उत्पादन बढाउन समयमा बीउ, समयमा मल खाद र समयमा सिँचाइको व्यवस्था मिलाउनुपर्ने तर सरकारको ध्यान पुग्न नसकेको पनि धारणा राखे ।
प्रदेशसभा सदस्य जन्मजय तिमिल्सिनाले गौतम बुद्ध विमानस्थल सुचारु गर्न सामूहिक साझा एजेण्डा बनाउनु पर्नेमा जोड दिए । मुख्यमन्त्री डिल्लीबहादुर चौधरी भारत भ्रमणमा रहेकाले त्यहाँ विमानस्थल सञ्चालनको विषयमा भारत सरकारसंग पनि कुरा हुनेमा उनले विश्वास व्यक्त गरे ।
अर्का प्रदेशसभा सदस्य कृष्णाकुस्मा थारुले मालपोत र नापी कार्यालयमा भ्रष्टाचार बढी हुने कार्यालयको रुपमा परिचित भएको गुनासो आएको बताइन् ।
त्यस्तै, प्रदेशसभा सदस्य दिनेश पन्थीले सरकारले विद्युतीय सवारी साधन सञ्चालनका लागि पूर्वाधार निर्माणमा ध्यान दिन आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण