लुम्बिनी प्रदेशसभा बैठक : औद्योगिक व्यवसायसम्बन्धी विधेयक समितिमा

बुटवल । लुम्बिनी प्रदेशसभाले औद्योगिक व्यवसायसम्बन्धी प्रचलित प्रदेश कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयकलाई दफावार छलफलका लागि अर्थ, उद्योग तथा पर्यटन समितिमा पठाएको छ ।
बिहीबार बसेको बैठकमा मुख्यमन्त्री एवम् उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रीको प्रतिनिधिको रुपमा गृहमन्त्री सन्तोषकुमार पाण्डेले औद्योगिक व्यवसायसम्बन्धी प्रचलित प्रदेश कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।
सो प्रस्ताव सभामुख तुलाराम घर्तीले उक्त निर्णयार्थ प्रस्तुत गरेपछि दफावार छलफलका समितिमा पठाइएको हो ।
बैठकमा सामाजिक विकास समितिका सदस्य धनबहादुर केसीले स्वास्थ्य संस्था स्थापना, संचालन, नवीकरण तथा स्तरोन्नति ऐन, २०७६ लाई संशोधन गर्न बनेको प्रतिवेदन सहितको विधेयक सभामा प्रस्तुत गरेका थिए ।
बैठकमा प्रदेशसभा सदस्य तुलसीप्रसाद चौधरीले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएर पनि संचालन नहुँदा निजी क्षेत्रबाट निर्माण गरेका होटल व्यवसायमा लगाएको लगानी डुब्ने अवस्थामा पुगेको बताए ।
अर्को प्रसंगमा उनले उत्पादन बढाउन समयमा बीउ, समयमा मल खाद र समयमा सिँचाइको व्यवस्था मिलाउनुपर्ने तर सरकारको ध्यान पुग्न नसकेको पनि धारणा राखे ।
प्रदेशसभा सदस्य जन्मजय तिमिल्सिनाले गौतम बुद्ध विमानस्थल सुचारु गर्न सामूहिक साझा एजेण्डा बनाउनु पर्नेमा जोड दिए । मुख्यमन्त्री डिल्लीबहादुर चौधरी भारत भ्रमणमा रहेकाले त्यहाँ विमानस्थल सञ्चालनको विषयमा भारत सरकारसंग पनि कुरा हुनेमा उनले विश्वास व्यक्त गरे ।
अर्का प्रदेशसभा सदस्य कृष्णाकुस्मा थारुले मालपोत र नापी कार्यालयमा भ्रष्टाचार बढी हुने कार्यालयको रुपमा परिचित भएको गुनासो आएको बताइन् ।
त्यस्तै, प्रदेशसभा सदस्य दिनेश पन्थीले सरकारले विद्युतीय सवारी साधन सञ्चालनका लागि पूर्वाधार निर्माणमा ध्यान दिन आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिस्पर्धात्मक खेलमा सान होजेसँग बराबरीमा रोकियो मेस्सी आबद्ध इन्टर मियामी
-
गैरआवासीय नागरिकतासम्बन्धी ऐन संशोधन गर्ने प्रमुख दलको प्रतिबद्धता
-
संवैधानिक नियुक्ति विवाद : आज बार पूर्वअध्यक्ष घिमिरे र खड्कासहितले बहस गर्ने
-
गर्मीसँगै बढ्यो खरबुजा व्यापार (तस्बिरहरू)
-
सशस्त्र प्रहरी बलले थाल्यो मनसुन पूर्व तयारी
-
मुस्ताङको ठिनी खोलामा धमाधम मोटरेबल पुल बन्दै