प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्कँदै
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज स्वदेश फर्कँदै छन् । संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनद्वारा इटालीको रोममा आयोजित ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागी हुन सात दिन अघि त्यसतर्फ गएका प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्कन लागेका हुन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार सात दिने इटाली भ्रमण सम्पन्न गरी प्रधानमन्त्री प्रचण्ड आज बिहान ९ः०५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्नेछन् ।
नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत साउन ६ गते इटली गएका प्रधानमन्त्री दाहालले ‘युनाइटेड नेसन्स फुड सिस्टम–२०२३ स्टकिङ मोमेन्ट’लाई सम्बोधन गरेका थिए ।
साथै, सो क्रममा प्रधानमन्त्री दाहाल र बङ्गलादेशी समकक्षी शेख हसिना, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरस, विश्व खाद्य कार्यक्रमका कार्यकारी सिन्डे म्याकन, विश्व खाद्य तथा कृषि सङ्गठनका महानिर्देशक क्यू डोङग्यूबीच भेटवार्तासमेत भएको थियो ।
प्रधानमन्त्री प्रचण्डको भ्रमण टोलीमा कृषि तथा पशुपक्षी विकासमन्त्री डा बेदुराम भुसाल, राष्ट्रिय योजना आयोगका सदस्य डा जयकान्त राउतलगायतको सहभागिता रहेको थियो । विमानस्थलमा प्रधानमन्त्री प्रचण्डले पत्रकार सम्मेलनसमेत गर्ने उनको सचिवालयले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण