विदेश भ्रमणमा जाने नेपालीलाई यस्तो छ डलर सटही सुविधा
काठमाडौँ । विदेश भ्रमणमा जाने नेपालीले अब दुई हजार पाँच सय अमेरिकी डलर बराबरको सटही सुविधा पाउने भएका छन् । नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले आज जारी गरेको एकीकृत परिपत्र-२०७९ मा संशोधन गर्दै डलर सटही सुविधाका सम्बन्धमा नयाँ व्यवस्था गरेको हो ।
भारत बाहेक अन्य मुलुकको भ्रमणमा जाने नेपाली नागरिकलाई राहदानी बापत प्रतिपटक अधिकतम अमेरिकी डलर दुई हजार पाँच सय बराबरको सटही सुविधा प्राप्त गर्नेछन् । त्यस्तो सटही सुविधा एक वर्षमा दुई पटकमा नबढ्ने गरी मात्र प्रदान गरिने उल्लेख छ ।
एकीकृत निर्देशन जारी भएको मितिभन्दा अगावै त्यस्तो सुविधा लिएकाले पनि चालु आवमा थप दुई पटक त्यस्तो सुविधा प्राप्त गर्ने व्यवस्था गरिएको छ ।
श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकलाई राहदानी बापत अधिकतम दुई सय अमेरिकी डलर बराबरको सटही सुविधा उपलब्ध गराउने प्रबन्ध गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रियंका कार्कीको चलचित्र ‘मास्टर्नी’ को टिजर सार्वजनिक
-
साउनको दोस्रो सोमबार पशुपतिसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो
-
चितवनमा सडक निर्माण अलपत्र छाड्ने ठेकेदार कम्पनीको ठेक्का अन्त्य
-
सुनसरीका दुई गाउँपालिकामा पनि ५ जना भन्दाबढी भेला हुन निषेध
-
बाढी र पहिरोले देशभरका मुख्य राजमार्ग अवरुद्ध, कहाँ-कहाँ रोकिए सवारी ?
-
सुनसरीमा दुई समुदायको बिचमा झडप, सुरक्षाकर्मीको गोलीबाट एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण