संघीय शिक्षा ऐनमा माग सम्बोधन नभए आन्दोलन गर्ने राहत शिक्षकहरूको चेतावनी
काठमाडौँ । नेपाल राहत शिक्षक केन्द्रीय समितिले संघीय शिक्षा ऐनमा आफ्ना विगतमा राख्दै आएका मागहरू सम्बोधन नभए आन्दोलन गर्ने चेतावनी दिएको छ । त्यसका लागि सातै प्रदेश, ७७ वटै जिल्ला र ७५३ वटै पालिकाका अध्यक्षहरूलाई सर्कुलर जारी गरेको छ ।
नेपाल राहत शिक्षक आन्दोलन परिचालन समिति (स्पेसल टास्कफोर्स) को बैठकले सशक्त आन्दोलनको घोषणा गर्ने र त्यसका लागि देशभरका सबै समितिलाई हाई अलर्टमा राख्ने निर्णय गरेको छ ।
देशभर रहेका ४० हजारभन्दा बढी राहत शिक्षकहरू विगत लामो समयदेखि आन्दोलन गर्दै आएका छन् । बैठकले हाल संघीय शिक्षा ऐनको मस्यौंदा औपचारिक रुपमा छलफलमा नआईकेकोले सरोकारवाला निकायसँग छलफलमा ल्याउन तत्काललाई लविङको माध्यमबाट दबाब सिर्जना गर्ने निर्णय समेत बैठकले गरेको छ ।
संघीय शिक्षा ऐनको मस्यौंदा औपचारिक रुपमा छलफलमा आएपछि माग सम्बोधन नहुने अवस्था र्सिजना गरिए वा शिक्षा मन्त्रालयले एकलौटी ढंगले क्याविनेटबाट पास गराई संसदमा पेश गरेको अवस्थामा आन्दोलनको चेतावनी दिएको हो । साउन १९ र २० गते हुने भनिएको केन्द्रीय समितिको छैठौं राष्ट्रिय महाधिवेशन स्थगित गर्ने निर्णय समेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण