लमजुङमा दुई सय ९१ घरेलु उद्योग दर्ता
लमजुङ । जिल्लामा आर्थिक वर्ष २०७९/८० मा दुई सय ९१ घरेलु उद्योग दर्ता भएका छन् । एक वर्षको अवधिमा पर्यटन तथा साना उद्योग कार्यालय लमजुङमा दुई सय ९१ नयाँ उद्योग दर्ता भएका हुन् ।
यस अवधिमा तीन सय ९८ घरेलु उद्योगको नवीकरण भएको कार्यालय प्रमुख मीताकुमारी थापाले बताइन् । उनका अनुसार सोही अवधिमा वाणिज्यतर्फ दुई सय आठ नयाँ दर्ता भएका छन् भने पाँच सय १८ को नवीकरण भएको छ ।
आव २०७८/७९ मा छ सय ८५ घरेलु उद्योग दर्ता भएका थिए । कार्यालय प्रमुख थापाका अनुसार सो अवधिमा दुई सय ८२ घरेलु उद्योगको नवीकरण भएका थिए ।
वाणिज्यतर्फ चार सय आठ नयाँ दर्ता भएका थिए भने तीन सय ७१ नवीकरण भएका उक्त कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार आव २०७७/७८ मा नौ सय ७०, आव २०७६/७७ मा छ सय ६९, आव २०७५/७६ मा चार सय ६८ आव र २०७४/७५ मा दुई सय ६७ नयाँ उद्योग दर्ता भएका छन् ।
बेँसीसहर बजार, सुन्दरबजार, भोटेओडार, सोती पसल भोर्लेटारलगायत स्थानमा उद्योग/व्यवसाय तथा पसल गर्नेको सङ्ख्या बढिरहेकाले नयाँ उद्योग दर्ता पनि बढेको कार्यालय प्रमुख थापाले बताइन् ।
उनका अनुसार दर्ता भएकामध्ये अधिकांश कृषि फर्म, सिलाइकटाइ, अलैँची, ब्युटिपार्लर, कृषि औजार, मौरीपालन, बङ्गुर फर्म, दालमोठ उद्योग, पर्यटन उद्योगलगायत छन् । जिल्लामा हालसम्म पाँच हजार छ सय ६२ घरेलु उद्योग दर्ता भएको छ भने पाँच हजार तीन सय ४५ वाणिज्य दर्ता भएको उक्त कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसभित्र ध्रुवीकरण तीव्र : भेटिएला मिलन बिन्दु ?
-
प्रदेश सरकारबारे कांग्रेसले सबै दलसँग वार्ता गर्ने
-
अख्तियारको वार्षिक समीक्षा : ९९० जनाविरूद्ध मुद्दा, २५ अर्ब ३१ करोड बिगो माग दाबी
-
विद्यार्थीको प्रश्न– कानुन बनाउने सांसद नै किन कुर्सी फुटाउँछन् ?
-
तीज गीत : कुनै नयाँ कुनै ‘रिमिक्स’
-
फ्रान्समा डढेलोले ४० हजार विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण