लमजुङमा दुई सय ९१ घरेलु उद्योग दर्ता

लमजुङ । जिल्लामा आर्थिक वर्ष २०७९/८० मा दुई सय ९१ घरेलु उद्योग दर्ता भएका छन् । एक वर्षको अवधिमा पर्यटन तथा साना उद्योग कार्यालय लमजुङमा दुई सय ९१ नयाँ उद्योग दर्ता भएका हुन् ।
यस अवधिमा तीन सय ९८ घरेलु उद्योगको नवीकरण भएको कार्यालय प्रमुख मीताकुमारी थापाले बताइन् । उनका अनुसार सोही अवधिमा वाणिज्यतर्फ दुई सय आठ नयाँ दर्ता भएका छन् भने पाँच सय १८ को नवीकरण भएको छ ।
आव २०७८/७९ मा छ सय ८५ घरेलु उद्योग दर्ता भएका थिए । कार्यालय प्रमुख थापाका अनुसार सो अवधिमा दुई सय ८२ घरेलु उद्योगको नवीकरण भएका थिए ।
वाणिज्यतर्फ चार सय आठ नयाँ दर्ता भएका थिए भने तीन सय ७१ नवीकरण भएका उक्त कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार आव २०७७/७८ मा नौ सय ७०, आव २०७६/७७ मा छ सय ६९, आव २०७५/७६ मा चार सय ६८ आव र २०७४/७५ मा दुई सय ६७ नयाँ उद्योग दर्ता भएका छन् ।
बेँसीसहर बजार, सुन्दरबजार, भोटेओडार, सोती पसल भोर्लेटारलगायत स्थानमा उद्योग/व्यवसाय तथा पसल गर्नेको सङ्ख्या बढिरहेकाले नयाँ उद्योग दर्ता पनि बढेको कार्यालय प्रमुख थापाले बताइन् ।
उनका अनुसार दर्ता भएकामध्ये अधिकांश कृषि फर्म, सिलाइकटाइ, अलैँची, ब्युटिपार्लर, कृषि औजार, मौरीपालन, बङ्गुर फर्म, दालमोठ उद्योग, पर्यटन उद्योगलगायत छन् । जिल्लामा हालसम्म पाँच हजार छ सय ६२ घरेलु उद्योग दर्ता भएको छ भने पाँच हजार तीन सय ४५ वाणिज्य दर्ता भएको उक्त कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा भएको आतङ्कवादी हमलाको नेपाल सरकारद्वारा निन्दा
-
भीमदत्त राजमार्गमा मिनीट्रक दुर्घटना, ३ जनाको घटनास्थलमै मृत्यु
-
जम्मु–कश्मिरको पहलगममा आतंकवादी हमला, एक नेपालीसहित २६ जनाको मृत्यु
-
शंखरापुरमा पत्नीको हत्या गरेर भागेका आरोपी पक्राउ
-
‘कर्णालीमा आउन सचिवको लहर चलेको भनेर एमाले महासचिवले फन्टुस कुरा गरे’
-
कोशी प्रदेश योजना बैंकमा दैनिक हजार बढी योजना ‘इन्ट्री’