घरजग्गा र गाडीको कर्जाको जोखिमभार १०० प्रतिशतमा झर्यो
काठमाडौँ । घरजग्गा, रियल स्टेट तथा सवारी कर्जाको जोखिमभार १०० प्रतिशतमा झारिएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार बैंक तथा वित्तीय संस्थाको नाममा सर्कुलर जारी गर्दै रियल स्टेट, हायर पर्चेज तथा व्यक्तिगत सवारी कर्जालाई १०० प्रतिशत जोखिमभार कायम गरिएको जनाएको हो ।
यद्यपि, यस्तो व्यवस्था २.५ मिलियन अर्थात् २५ लाख रुपैयाँसम्मको कर्जाका लागि १०० प्रतिशत जोखिमभार बनाइएको बैंकले जनाएको छ । यसमाथिको कर्जामा भने पूर्ववत् १५० प्रतिशतकै जोखिम भार कार्यान्वयनमा रहेको बैंकले जनाएको छ ।
यसअघि सेयर धितो कर्जा (मार्जिन लेन्डिङ) मा मात्र २५ लाख रुपैयाँसम्म १०० प्रतिशत र सो भन्दा माथि १५० प्रतिशतको जोखिमभारको व्यवस्था थियो । तर, पछिल्लो समय यस्तो मार्जिन प्रकृतिको कर्जामा समेत सीमा बढाएर अब ५० लाख रुपैयाँसम्मको कर्जामा १०० प्रतिशत जोखिमभारको व्यवस्था गरिएको बैंकले जनाएको छ ।
यता रियल स्टेट तथा घरजग्गा कर्जाको जोखिमभार भने १०० प्रतिशतमा झारिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रियंका कार्कीको चलचित्र ‘मास्टर्नी’ को टिजर सार्वजनिक
-
साउनको दोस्रो सोमबार पशुपतिसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो
-
चितवनमा सडक निर्माण अलपत्र छाड्ने ठेकेदार कम्पनीको ठेक्का अन्त्य
-
सुनसरीका दुई गाउँपालिकामा पनि ५ जना भन्दाबढी भेला हुन निषेध
-
बाढी र पहिरोले देशभरका मुख्य राजमार्ग अवरुद्ध, कहाँ-कहाँ रोकिए सवारी ?
-
सुनसरीमा दुई समुदायको बिचमा झडप, सुरक्षाकर्मीको गोलीबाट एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण