मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय
राष्ट्र बैंकको सर्कुलर

घरजग्गा र गाडीको कर्जाको जोखिमभार १०० प्रतिशतमा झर्‍यो

शुक्रबार, १२ साउन २०८०, १६ : ५८
शुक्रबार, १२ साउन २०८०

काठमाडौँ ।  घरजग्गा, रियल स्टेट तथा सवारी कर्जाको जोखिमभार १०० प्रतिशतमा झारिएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार बैंक तथा वित्तीय संस्थाको नाममा सर्कुलर जारी गर्दै रियल स्टेट, हायर पर्चेज तथा व्यक्तिगत सवारी कर्जालाई १०० प्रतिशत जोखिमभार कायम गरिएको जनाएको हो । 

यद्यपि, यस्तो व्यवस्था २.५ मिलियन अर्थात् २५ लाख रुपैयाँसम्मको कर्जाका लागि १०० प्रतिशत जोखिमभार बनाइएको बैंकले जनाएको छ । यसमाथिको कर्जामा भने पूर्ववत् १५० प्रतिशतकै जोखिम भार कार्यान्वयनमा रहेको बैंकले जनाएको छ । 

यसअघि सेयर धितो कर्जा (मार्जिन लेन्डिङ) मा मात्र २५ लाख रुपैयाँसम्म १०० प्रतिशत र सो भन्दा माथि १५० प्रतिशतको जोखिमभारको व्यवस्था थियो ।   तर, पछिल्लो समय यस्तो मार्जिन प्रकृतिको कर्जामा समेत सीमा बढाएर अब ५० लाख रुपैयाँसम्मको कर्जामा १०० प्रतिशत जोखिमभारको व्यवस्था गरिएको बैंकले जनाएको छ । 

यता रियल स्टेट तथा घरजग्गा कर्जाको जोखिमभार भने १०० प्रतिशतमा झारिएको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप