लगानीकर्तालाई राहत : ५० लाखसम्मको मार्जिन लेन्डिङको जोखिमभार १०० प्रतिशतमा झर्यो
काठमाडौँ । नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जा (मार्जिन लेन्डिङ) को १५० प्रतिशत जोखिमभारलाई परिमार्जन गरेको छ । यसअघिको व्यवस्था परिमार्जन गर्दै केन्द्रीय बैंकले ५० लाख रुपैयाँसम्मको मार्जिन लेन्डिङको जोखिमभार १०० प्रतिशतमा झारेको हो ।
यसअघि २५ लाख रुपैयाँसम्मको सेयर धितो कर्जामा १०० प्रतिशतको जोखिमभार रहेकोमा सोलाई बढाएर ५० लाखसम्म पुर्याइएको हो । यद्यपि, ५० लाख रुपैयाँभन्दा माथिको कर्जामा भने पहिलेकै १५० प्रतिशतको जोखिमभारको व्यवस्था यथावत् राखिएको बैंकले जनाएको छ ।
आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिले घरजग्गा, रियल स्टेट, हायर पर्चेज/सवारी कर्जासँगै सेयर धितो कर्जाको जोखिमभार ७५ प्रतिशत एकैपटक दोब्बरले वृद्धि गर्दै १५० प्रतिशत पुर्याइदिएको थियो । तर, सेयर धितोकर्जामा भने २५ लाखको थ्रेस होल्ड कायम गर्दै केन्द्रीय बैंकले २५ लाख रुपैयाँसम्मको कर्जामा १०० प्रतिशत र सोभन्दामाथि १२ करोड रुपैयाँसम्मको कर्जामा १५० प्रतिशतको जोखिमभारको व्यवस्था गरेको थियो ।
जसले गर्दा घरजग्गा, रियल स्टेट, सवारी कर्जासँगै धितोपत्र बजारमा कर्जा लगानी गर्न बैंक तथा वित्तीय संस्थाहरु खुम्चिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार निर्णय सुनाउँदै गृहमन्त्री गुरुङले भने– हरेक फाइल खोलिन्छ अब
-
गृह मन्त्रालय र सुरक्षा निकायबाट संवेदनशील सूचना चुहिएको विषय अध्ययन गर्न समिति गठन गरिने
-
दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्रीको निर्णय
-
कुशीनगर प्रकरण : नेटवर्किङको आवरणमा ठग्ने थप १२ जना पक्राउ
-
महावीर मात्र पाका मन्त्री !
-
रास्वपा बागमतीको सभापतिमा २ सांसदसहित ३ जना प्रतिस्पर्धामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण