कोशीमा सरकार गठनका यस्ता छन् विकल्प
काठमाडौँ । कोशी प्रदेशमा बहुमतको सरकार गठनका लागि विभिन्न विकल्पहरू रहेका छन् पहिलो विकल्पका रूपमा सभामुखलाई राजीनामा गर्न लगाएर कांग्रेस नेतृत्वको गठबन्धनले मुख्यमन्त्री दाबी गर्न सक्छ ।
दोस्रो विकल्प कांग्रेस गठबन्धनले नै राप्रपालाई विश्वासमा लिएर सरकार बनाउन सक्छ । तेस्रो विकल्प एमाले-राप्रपा गठबन्धनले कांग्रेस नेतृत्वको गठबन्धनमा रहेको नेकपा एस वा जसपालाई आफ्नो पक्षमा पारेर सरकार गठन हुन सक्छ ।
चौथो विकल्प नेकपा एस वा जसपाको नेतृत्वमा एमाले र राप्रपासहितको सरकार गठन हुन सक्छ । त्यस्तै पाँचौँ विकल्पमा एमालेबाट राप्रपालाई अलग गराउन कांग्रेस गठबन्धनले राप्रपाकै नेतृत्वमा सरकार गठन गर्न सक्छ । छैटौँ विकल्पमा एमालेको समर्थनमा सत्ता गठबन्धनमा रहेका कांग्रेस वा माओवादी केन्द्रको नेतृत्वमा सरकार बन्न सक्छ ।
धारा १६८ को उपधारा (२) अनुसार सरकार गठन हुन नसके १६८ को उपधारा ३ अनुसार प्रदेशसभाको सबैभन्दा ठुलो दलको हैसियतमा सरकार गठन सातौँ विकल्प हुनेछ । प्रदेशसभाको ठुलो दलको हैसियतमा कार्की मुख्यमन्त्री बने उनले एक महिनाभित्र १६८ को ४ अनुसार विश्वासको मत लिनुपर्छ । विश्वासको मत पाउन नसके प्रदेश प्रमुखले १६८ को ५ अनुसार सरकार गठनका लागि आह्वान गर्नेछन्, जुन आठौँ तथा अन्तिम विकल्प हो । आजको नागरिक दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण