सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

अञ्जु पन्तको ‘तिम्रो सुन्दर रूप’मा परितोषिकाको अभिनय

शनिबार, १३ साउन २०८०, १० : १०
शनिबार, १३ साउन २०८०

काठमाडौँ । लोकप्रिय गायिका अञ्जु पन्त र रञ्जन राईको स्वरमा नयाँ गीत ‘तिम्रो सुन्दर रूप’ सार्वजनिक भएको छ । गीतको भिडियोमा परितोषिका पन्त र विक्रम बुढाथोकी फिचर्ड छन् ।

प्रेम र सौन्दर्यतालाई बखान गरिएको यस गीतको भिडियोमा परितोषिका र विक्रमको केमेस्ट्री गजबले जमेको छ । परितोषिका गायिका अञ्जु पन्तकै छोरी हुन् । आमा अञ्जुकै गीतमार्फत मोडलिङ सुरु गरेकी परितोषिकाको यो पछिल्लो भिडियो हो ।

अहिले आएर उनी आमासँगैसँगै मोडलिङमा जम्दै आएकी छन् । ‘तिम्रो सुन्दर रूप’ गीतको शब्द थिर कोइरालाले गरेका हुन् । त्यसैले पनि गीतमा पारिवारिक प्रेमभाव समेत झल्किएको छ । नवीन कार्कीको सङ्गीत रहेको यस गीतको भिडियोलाई विक्रम चौहानले निर्देशन गरेका हुन् ।

प्रकाश खड्काको टिमले सिनेमाटोग्राफी गरेको यस भिडियोलाई मिलन विश्वकर्माले सम्पादन गरेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप