अञ्जु पन्तको ‘तिम्रो सुन्दर रूप’मा परितोषिकाको अभिनय
शनिबार, १३ साउन २०८०, १० : १०
काठमाडौँ । लोकप्रिय गायिका अञ्जु पन्त र रञ्जन राईको स्वरमा नयाँ गीत ‘तिम्रो सुन्दर रूप’ सार्वजनिक भएको छ । गीतको भिडियोमा परितोषिका पन्त र विक्रम बुढाथोकी फिचर्ड छन् ।
प्रेम र सौन्दर्यतालाई बखान गरिएको यस गीतको भिडियोमा परितोषिका र विक्रमको केमेस्ट्री गजबले जमेको छ । परितोषिका गायिका अञ्जु पन्तकै छोरी हुन् । आमा अञ्जुकै गीतमार्फत मोडलिङ सुरु गरेकी परितोषिकाको यो पछिल्लो भिडियो हो ।
अहिले आएर उनी आमासँगैसँगै मोडलिङमा जम्दै आएकी छन् । ‘तिम्रो सुन्दर रूप’ गीतको शब्द थिर कोइरालाले गरेका हुन् । त्यसैले पनि गीतमा पारिवारिक प्रेमभाव समेत झल्किएको छ । नवीन कार्कीको सङ्गीत रहेको यस गीतको भिडियोलाई विक्रम चौहानले निर्देशन गरेका हुन् ।
प्रकाश खड्काको टिमले सिनेमाटोग्राफी गरेको यस भिडियोलाई मिलन विश्वकर्माले सम्पादन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण