बूढो घर
मेरो प्रिय घर बूढो भैसक्यो होला
उ घाम पानी छेक्न असमर्थ छ
छानोका ढुंगाहरु झर्न थालिसके होलान्
धमिराले स्याहारी राखेको धुरी
कतिबेला झर्छ, थाहा छैन
बर्खामा चुहिने छानो
अब त सिधै बर्षिन्छ होला ।
घरलाई नि एक्लोपन महसुस हँुदो हो है
डर लाग्दा कसलाई पो बोलाउँछ होला है
न्याउली या भँगेरालाई ?
कि अपि फेदको धुपी सल्लोलाई ?
सधैँ अन्नपातले भरीभराउ भकारीभित्र
अहिले त धमिरा मात्र बस्छन् होला है
आमाले सक्खर लुकाएर राख्ने डालोमा
मुसाको घर छ होला है ।
लुकामारी खेल्दा लुक्ने भकारीको कुनामा
अहिले को लुक्छ होला है
पूजा कोठाको गणेशको मूर्ति
एक्लै बसिरहेको छ होला है ।
मैले सधैँ बसेर
‘घाम दिदी वर वर, बादल भिना पर पर’ भन्ने
झ्याल पनि वृद्ध भयो होला
चिम्नीबाट धुँवा ननिस्किएको पनि बर्षौ भयो
म परदेशिए सँगै
मेरो घरको सुरक्षा परदेशियो
सिन्दूर झै त्यो रातो माटोको रंग परदेशियो
साउनमा नारीलाई रङ्ग्याउने मेहेन्दी झै
उसको कमेरो परदेशियो ।
मेरो घरसँग बाँकी छन् त केवल
अस्थिपन्जर झै ती ढुङ्गाहरु
अनि मसँग केवल यादहरु
अब एकचोटि आएर
दैलोलाई ढोग्न मन छ
र, आशीर्वाद माग्न मन छ
अबदेखि पेट पाल्नकै लागि खाडीमा
पसिना बगाउन नपरोस भनेर
आफ्नो बूढो घरसँग भन्न मन छ ।
काँडापारी, दार्चुला
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण