सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

काठमाडौँ जुवातास खेलिरहेका छ जना पक्राउ

शनिबार, १३ साउन २०८०, १६ : ५६
शनिबार, १३ साउन २०८०

काठमाडौँ । काठमाडौँमा जुवातास खेलिरहेका ६ जना पक्राउ परेका छन् । काठमाडौँ महानगरपालिका-१६ कुमारीथान बस्ने विजय थापाको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने झापा कनकाई नगरपालिका-२ घर भएकी ३५ वर्षीया पदमा मगर समेत ६ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । 

विशेष सूचनाको आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ४ हजार ७ सय १५ रूपैया र १ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप