निर्माण व्यवसायीले आइतबार सार्वजनिक खरिद अनुगमन कार्यालयमा धर्ना दिने

काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघले आइतबार राजधानीको ताहाचलस्थित सार्वजनिक खरिद अनुगमनको कार्यालयमा धर्ना दिने भएको छ । महासंघले बिहान १० बजेदेखि ११ बजेसम्म धर्ना दिने जानकारी दिएको हो ।
सबै निर्माण कार्यको भुक्तानी हुनुपर्ने, सबै आयोजनाहरूको एकमुष्ट रूपले म्याद थप हुनुपर्ने लगायतका नौ बुँदे माग सहित नेपाल निर्माण व्यवसायी महासंघ आन्दोलनरत छ । महासंघले साउन १५ गते प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजेदेखि एक घण्टा धर्ना दिने कार्यक्रम सार्वजनिक गरिसकेको छ ।
आन्दोलनको पूर्व निर्धारित कार्यक्रम अनुसार महासंघले सबै प्रमुख राजनीतिक दलका नेताहरूलाई अल्टिमेटम सहित ज्ञापन पत्र बुझाएको छ । केन्द्रमा महासंघले नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, नेकपा एकीकृत समाजवादी पार्टी लगायतका पार्टीका शीर्ष नेताहरूलाई ज्ञापन पत्र बुझाएको हो ।
त्यस्तै महासंघले प्रधानमन्त्री कार्यालय सहित गृह र विकासे मन्त्रालयमा अल्टिमेटम सहितको ज्ञापन पत्र बुझाइसकेको छ । महासंघ मातहतका सात प्रदेश महासंघहरूले मुख्य मन्त्रीहरूलाई, प्रदेश स्तरीय राजनीतिक दलका प्रतिनिधिहरूलाई र ७७ जिल्ला संघहरूले पनि जिल्ला स्थित जिल्ला प्रशासन कार्यालयमा अल्टिमेटम सहित ज्ञापन पत्र बुझाइसकेका छन् ।
अत्यधिक र अप्रत्याशित रूपले भएको मूल्यवृद्धिलाई सम्बोधन हुने गरी मूल्य समायोजन गरिनुपर्ने, अन्योलग्रस्त र बजेट नभई काम हुन नसक्ने रुग्ण आयोजनाहरू एवं काबु बाहिरका निर्माण कार्य सुबिस्ताको आधारमा अन्त्य गर्नुपर्ने, चेक बाउन्स र बैक ग्यारेन्टी जफत गर्ने लगायतका कारबाही रोकिनुपर्ने, बीमाको प्रिमियम दरमा भएको वृद्धिलाई खारेज गरिनुपर्ने, श्रोतमा कट्टा गरेको अग्रिम आयकर र मु.अ.करको कट्टी रकम समयमा नियोक्ताले राजस्व खातामा दाखिला गरिनुपर्ने, उपभोक्ता समितिबाट निर्माण कार्य गर्ने व्यवस्था खारेज गरिनुपर्ने र पूर्वाधारसँग सम्बन्धित सार्वजनिक खरिद ऐन, नियम व्यवसायीमैत्री हुनुपर्ने माग महासंघले अघि सारेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रशासनको एक्सनः तीन ठाउँबाहेक राजावादीलाई अन्य स्थानमा प्रदर्शन गर्न रोक
-
‘एउटा राष्ट्रवादी र विचारको अन्त्य’
-
भोलि उपत्यका बन्द गर्ने राजावादीको घोषणा
-
त्रिविमा स्ववियु निर्वाचनअघि रोकिएको विद्यार्थी भर्ना खोल्ने विषयमा विवाद चर्किंदै
-
अध्यक्ष थापालगायतलाई तुरुन्त रिहा नगरे कडा आन्दोलन चर्काउने राप्रपा नेपालको चेतावनी
-
सरकार लोकतन्त्र र संसदीय परम्पराको बर्खिलाफ गएकाे प्रमाणित भयाे : नवराज सुवेदी