टोखामा तस्करले खोलेका थिए सुन ‘रिफ्रेमिङ’ कारखाना
काठमाडौँ । हङहङबाट तस्करी गरेर ल्याएको करिब १ सय किलो सुनबारे अनुसन्धान गरिरहेको राजस्व अनुसन्धान विभागले टोखास्थित ‘कारखाना’मा छापा मारेको छ । टोखा गेट नजिक रहेको सो कारखानामा तस्करी गर्ने समूहले चीनबाट ल्याएको सुन ‘रिफ्रेमिङ’ गर्ने गरेका थिए ।
तिब्बत मूलका भारतीय नागरिक थाप्तेन छिरिङको बयानको आधारमा सो कारखाना भेटिएको अनुसन्धानमा संलग्न एक जना अधिकृतले रातोपाटीलाई जानकारी दिए ।
हङकङबाट ‘रेडी ट्रेड प्रालि’ले मगाएको करिब १ सय किलो सुन साउन ३ मा राजस्व अनुसन्धान विभागले त्रिभुवन विमानस्थल भन्सार कार्यालयको गेट बाहिरबाट बरामद गरेको थियो । सुन ‘ब्रेक प्याड’ भित्र लुकाएर ल्याउने गरेको भेटिएको छ । ‘ब्रेक प्याड’मा ल्याएको सुन कारोबारीहरूले अर्कै स्वरूपमा रिप्याक गरेर भारत पठाउने गरेको अनुसन्धान अधिकृतहरूको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।
टोखा स्थित कारखानामा सुन गाल्ने मेशिन र पगाल्ने रसायन भेटिएको छ । ‘प्रिफ्याब’को सो कारखानामा राजस्वले सिल गरेको छ ।
आइतबार सशस्त्र प्रहरी बलको सहयोगमा राजस्व अनुसन्धान विभागको टोलीले सामाखुसीबाट दावा छिरिङलाई पक्राउ गरेको छ । छिरिङ सुन तस्करीमा संलग्न आशङ्का गरिएको छ । तर, उनिबारे थप खुलेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण