प्रहरीलाई दुर्व्यवहार गरेको अभियोगमा दुई जना नियन्त्रणमा
आइतबार, १४ साउन २०८०, १३ : २८
रुपन्देही । प्रहरीलाई दुर्व्यवहार गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । सियारी गाउँपालिका-७ अमुवा बस्ने ३० वर्षीय लाल बहादुर थारु र ४० वर्षीय जित बहादुर थारुलाई गएराति प्रहरीले पक्राउ गरेको छ ।
सियारी गाउँपालिका-७ अमुवास्थित जनता माध्यमिक विद्यालय अमुवा रुपन्देहीको खेल मैदानमा प्रथम अमुवा सांस्कृतिक रमाईलो मेलामा उनीहरु दुवै जना झगडा गरेको अवस्थामा ईलाका प्रहरी कार्यालय छपियाबाट खटिएको प्रहरीले सम्झाई बुझाई गर्ने क्रममा प्रहरी टोली माथि नै दुर्व्यवहार गरेकोले उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षित आमामै पूर्ण स्तनपानको दर घट्दो, दूधदानी प्रयोग बढ्दै
-
कालीकोटमा व्यावसायिक प्रतिष्ठानको सङ्ख्या उल्लेखनीय वृद्धि
-
सरकारको हनिमुन पिरियड सकियोः जस्तो थियो उस्तै छ फेवाताल
-
अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक समितिमा
-
५४ वर्षसम्म पनि डुम्रे–बेँसीसहर सडक स्तरोन्नति हुन सकेन
-
१९ दिनमा साढे ४० हजार मेट्रिकटन मल आपूर्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण